शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

सधैं बालुवाटार धाउने प्रचण्ड अचेल जान छाडे, देउवाका दुई दूत कहिले बालकोट कहिले खुमलटार

सधैं बालुवाटार धाउने प्रचण्ड अचेल जान छाडे, देउवाका दुई दूत कहिले बालकोट कहिले खुमलटार

  • मिडिया डबली
  • बुधवार, माघ १९ २०७८

  • 3.7K
    SHARES

  • सधैं बालुवाटार धाउने प्रचण्ड अचेल जान छाडे, देउवाका दुई दूत कहिले बालकोट कहिले खुमलटार

    काठमाडौं - अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विषयले सत्तारुढ गठबन्धनको भविष्य नै संकटमा परेको छ ।

    गठबन्धनमा एमसिसीबारे तीनथरी धारणा भएकाले पनि अवस्था पेचिलो बन्दै गएको छ । यसैलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले खेल्ने राम्रै मौका पाएको छ ।

    एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले निकै तनावमा छन् ।

    एमसिसी जस्ताको तस्तै पास गरौं भने पार्टीमै विद्रोह हुने, नगरौं भने गठबन्धन टुट्ने चिन्ताले उनी दुई दिनदेखि खुमलटार बाहिर निस्कन सकेका छैनन् ।

    अरुबेला दिनहुँजसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जाने, फोन सम्पर्कमा रहने प्रचण्ड सोमबारदेखि बालुवाटार जान छाडेका छन् ।

    प्रधानमन्त्री देउवाले एमसिसी जस्ताको तस्तै प्रतिनिधिसभाबाट पारित गर्न गठबन्धनमा प्रस्ताव गरेपछि प्रचण्ड बिच्किएका हुन् ।

    देउवाको प्रस्तावमा प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० दिनको समय माग गरेका छन् । प्रचण्ड र माधव केही बुँदा संशोधन गरेर मात्रै एमसिसी अनुमोदन गर्नुपर्ने अडानमा छन् ।

    एमसिसी संसदबाट अनुमोदन गराउनकै निम्ति प्रधानमन्त्री देउवाले आफ्ना दुई दूतलाई सक्रिय बनाएका छन् । उनीहरू हुन् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ।

    कार्की केही दिनदेखि देउवाको दूत बनेर प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डसँग परामर्शमा व्यस्त छन् । कार्कीले सोमबार ओलीलाई बालकोट र मंगलबार प्रचण्डलाई खुमलटार पुगेर भेटवार्ता गरेका छन् ।

    त्यस्तै, मंगलबार नै एमसिसीको विषयलाई लिएर कांग्रेस उपसभापति खड्काले प्रचण्डलाई उनकै निवास खुमलटारमा छलफल गरेका थिए । सम्भवतः आगामी साता एमसिसीबारे एउटा टुंगोमा पुग्ने नेताहरूको तयारी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend