शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

निर्वाचन नजिकिँदै जाँदा प्रचण्ड चीनसँग लपक्कै, गरे गोप्य वार्ता

निर्वाचन नजिकिँदै जाँदा प्रचण्ड चीनसँग लपक्कै, गरे गोप्य वार्ता

  • मिडिया डबली
  • सोमवार, माघ १७ २०७८

  • 5.9K
    SHARES

  • निर्वाचन नजिकिँदै जाँदा प्रचण्ड चीनसँग लपक्कै, गरे गोप्य वार्ता

    काठमाडौं - स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा गर्मागरम बहस चलिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने चीनसँग नजिक हुन थालेका छन् ।

    पाँच वर्षअघि कांग्रेस नेतृत्वकै सरकारका पालामा पनि प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई धोका दिएर एमाले अध्यक्ष केपी ओलीलाई साथ दिएका थिए । अहिले पनि त्यस्तै सिनारियो देखिन थालेको छ ।

    अहिले पनि कांग्रेस नेतृत्वमा माओवादी केन्द्र सरकारमा छ । माओवादीले मालदार मन्त्रालय पाएको छ । कांग्रेससँग ओत लागेकैले हैसियत पनि बढेको छ । तर, चुनाव आउनै लाग्दा उनको गतिविधि शंकास्पद देखिन थालेको छ ।

    अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सम्झौता सदनबाट पारित गराउने, नगराउने विषयमा सत्ता गठबन्धन दलमा छलफल भइरहँदा प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सुङ थाओसँग भिडियो वार्ता गरेका छन् । शनिबार साँझ गरिएको भिडियो वार्ताको बारेमा अहिलेसम्म बाहिर ल्याइएको छैन ।

    सुङले चीन नेपाल मित्रता, वल्ड इकोनोमिक फोरममा सीपीसी महासचिव सी चिनफिङको मन्तव्य, चीनको अर्थतन्त्र तथा सामाजिक विकास, हिउँदे ओलम्पिकको तयारीलगायतबारे छलफल गरिएको भनिए पनि नेपालको संसदमा एमसीसी टेबुल गर्ने नगर्ने विषयमा समेत छलफल भएको स्रोतले जानकारी दिएको छ ।

    माओवादी नेता वर्षमान पुनलाई चीन आफ्नो देशमा उपचार गरिदिएर ठूलो गुण लगाएको छ । त्यसैले पनि प्रचण्ड चीनले जे भन्यो त्यही मान्न तयार छन् ।

    चीन अमेरिकी सहयोग एमसीसी नेपालको संसदले अनुमोदन नगरोस् भन्ने चाहन्छ । त्यसैले अहिले उसले प्रचण्ड र सभामुख अग्निप्रसाद सापकोटासँग मिलेर प्रतिनिधिसभाको बैठक नै १० दिन पर सार्न सफल भएको छ ।

    जबकि अमेरिकाले फेब्रुअरी १ मा एमसीसी अनुमोदन गर्न नेपाललाई अल्टिमेटम दिएको थियो । अमेरिकाले दिएको समय भोलि सकिँदैछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend