शुक्रवार, जेठ १३ २०७९May 27 2022

Logo
images
images
images
images
राजनीतिक बिशेष

प्रचण्डलाई सजिलो छैन महासचिव छान्न, वर्षमान र जनार्दनमध्ये को बलियो ?

प्रचण्डलाई सजिलो छैन महासचिव छान्न, वर्षमान र जनार्दनमध्ये को बलियो ?

  • मिडिया डबली
  • बिहिवार, माघ १३ २०७८

  • 1.6K
    SHARES

  • प्रचण्डलाई सजिलो छैन महासचिव छान्न, वर्षमान र जनार्दनमध्ये को बलियो ?

    काठमाडौं - माओवादी केन्द्रको महाधिवेशन सम्पन्न भएको एक महिना हुन लाग्यो । तर, अहिलेसम्म अध्यक्षबाहेक अन्य पदाधिकारी निर्वाचन हुन सकेका छैनन् ।

    केन्द्रीय कमिटी त बनेको छ, तर पोलिटब्युरो, स्थायी कमिटी बन्न सकेको छैन । पुरानै स्थायी कमिटीले काम चलाइँदैछ । पार्टीको पदाधिकारी छान्न माओवादीले माघ २७ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।

    images
    images
    images
    images

    माओवादीमा १५ सदस्यीय पदाधिकारी रहने विधानमा व्यवस्था छ । अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड नै यथावत् रहेकाले अब अन्य पदाधिकारीमा को को आउलान् भन्ने चासो सबैमा देखिएको छ ।

    त्यसमा पनि सबैभन्दा बढी महासचिव को बन्छ भन्ने अनुमान र विश्लेषण हुन थालेको छ । अध्यक्षपछिको कार्यकारी पद भएकाले पनि महासचिवमा आउने नेताबारे चासो र चर्चा बढी देखिएको हो ।

    माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा उपचाररत भएकाले सो पार्टीले महाधिवेशनबाट महासचिव छान्न नसकेको हो । त्यसैले धेरैले पुनलाई नै भावी महासचिव देखेका छन् ।

    तर, अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्माले पुनलाई दह्रो चुनौती दिएका छन् । संगठन निर्माण र रणनीतिमा शर्मा चतुर छन् । सबैलाई मिलाउने क्षमता राख्छन् । त्यसैले उनलाई महासचिवको दाबेदार देख्ने धेरै छन् ।

    तर, पुनको संगठनमा बलियो पकड छ । खासगरी जनजाति समुदायमा उनी लोकप्रिय छन् । माओवादीको संगठन जनजाति समुदायमा बलियो छ ।

    यदि वर्षमान पुनलाई महासचिव नबनाइए विद्रोह हुन सक्ने खतराका कारण पनि प्रचण्ढ सकसमा छन् । त्यसैले बीचबाट पम्फा भुसाललाई महासचिव बनाउने कि भन्ने पनि विकल्प खोजिएको स्रोतले बतायो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०१:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend