शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

आफूलाई सर्वहारा ठान्ने माओवादीका छोराछोरी, कोही अमेरिका, कोही बेलायत बढ्दै

आफूलाई सर्वहारा ठान्ने माओवादीका छोराछोरी, कोही अमेरिका, कोही बेलायत बढ्दै

  • मिडिया डबली
  • बुधवार, माघ १२ २०७८

  • 6.8K
    SHARES

  • आफूलाई सर्वहारा ठान्ने माओवादीका छोराछोरी, कोही अमेरिका, कोही बेलायत बढ्दै

    काठमाडौं - कम्युनिस्टहरू कति ढोंगी हुन्छन् भन्ने कुरा नेपालका वामपन्थी नेताहरूले नै पुष्टि गरेका छन् ।

    नेपालमा नौलो जनवाद ल्याउने, साम्यवाद ल्याउने भनेर कथित जनयुद्ध गरेका माओवादी नेताका छोराछोरी विदेशका ठूला विश्वविद्यालयमा पढ्छन् भन्दा कसैले पनि पत्याउँदैन ।

    तर, पार्टीमा भने तिनै नेताहरू आफ्ना छोराछोरीलाई सरकारी स्कुलमा अनिवार्य पढाउनुपर्छ भनेर आदर्शका गफ चुट्छन् । वर्तमान शिक्षामन्त्री देवेन्द्र पौडेलकी छोरी अमेरिकामा उच्च शिक्षा हासिल गर्दैछिन् ।

    पौडेल समाजवाद ल्याउनुपर्छ भनेर आदर्शका गफ दिने माओवादी नेता हुन् । पूर्वमाओवादी नेता बाबुराम भट्टराईकी छोरी मानुषी अहिले विद्यावारिधि गर्दैछिन् । सानोमा बेलायतमा बढेकी मानुषी त्यसपछि नेपाल र चीनमा पढेकी हुन् ।

    वर्तमान अर्थमन्त्री जनार्दन शर्माकी छोरी अहिले अमेरिकामा पढिरहेकी छन् । मातृका यादवका छोराले काठमाडौं विश्वबिद्यालयमा इन्जिनियरिङ सकेका छन् । काठमाडौं विश्वविद्यालय आफैंमा निकै महँगो विश्वविश्दालय हो ।

    पूर्वमाओवादी नेता नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द एमबिबिएस डाक्टर बनेका छन् । उनले प्राइभेट कलेजमा क्यापिटेसन फी तिरेर डाक्टर पढेका हुन् ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोराछोरी विदेशका विश्वविद्यालयमा नपढे पनि उनका नातिनातिना भने विदेशमा पढ्दैछन् । प्रचण्डका दुई नातिनी अहिले बेलायतमा उच्च शिक्षा हासिल गरिरहेका छन् ।

    पूर्वएमाले नेता वामदेव गौतमले आफ्ना छोरालाई सरकारी छात्रवृत्तिमा चीनमा पढ्न पठाएका थिए । गौतम केही समयदेखि राजनीतिमा निष्क्रिय छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend