काठमाडौं - कम्युनिस्टहरू कति ढोंगी हुन्छन् भन्ने कुरा नेपालका वामपन्थी नेताहरूले नै पुष्टि गरेका छन् ।
नेपालमा नौलो जनवाद ल्याउने, साम्यवाद ल्याउने भनेर कथित जनयुद्ध गरेका माओवादी नेताका छोराछोरी विदेशका ठूला विश्वविद्यालयमा पढ्छन् भन्दा कसैले पनि पत्याउँदैन ।
तर, पार्टीमा भने तिनै नेताहरू आफ्ना छोराछोरीलाई सरकारी स्कुलमा अनिवार्य पढाउनुपर्छ भनेर आदर्शका गफ चुट्छन् । वर्तमान शिक्षामन्त्री देवेन्द्र पौडेलकी छोरी अमेरिकामा उच्च शिक्षा हासिल गर्दैछिन् ।
पौडेल समाजवाद ल्याउनुपर्छ भनेर आदर्शका गफ दिने माओवादी नेता हुन् । पूर्वमाओवादी नेता बाबुराम भट्टराईकी छोरी मानुषी अहिले विद्यावारिधि गर्दैछिन् । सानोमा बेलायतमा बढेकी मानुषी त्यसपछि नेपाल र चीनमा पढेकी हुन् ।
वर्तमान अर्थमन्त्री जनार्दन शर्माकी छोरी अहिले अमेरिकामा पढिरहेकी छन् । मातृका यादवका छोराले काठमाडौं विश्वबिद्यालयमा इन्जिनियरिङ सकेका छन् । काठमाडौं विश्वविद्यालय आफैंमा निकै महँगो विश्वविश्दालय हो ।
पूर्वमाओवादी नेता नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द एमबिबिएस डाक्टर बनेका छन् । उनले प्राइभेट कलेजमा क्यापिटेसन फी तिरेर डाक्टर पढेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोराछोरी विदेशका विश्वविद्यालयमा नपढे पनि उनका नातिनातिना भने विदेशमा पढ्दैछन् । प्रचण्डका दुई नातिनी अहिले बेलायतमा उच्च शिक्षा हासिल गरिरहेका छन् ।
पूर्वएमाले नेता वामदेव गौतमले आफ्ना छोरालाई सरकारी छात्रवृत्तिमा चीनमा पढ्न पठाएका थिए । गौतम केही समयदेखि राजनीतिमा निष्क्रिय छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।