आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

निर्वाचन आयोगको तमासा, एमालेलाई मालामाल, राप्रपामा तनाब

निर्वाचन आयोगको तमासा, एमालेलाई मालामाल, राप्रपामा तनाब

  • मिडिया डबली
  • आइतवार, माघ ९ २०७८

  • 11.3K
    SHARES

  • निर्वाचन आयोगको तमासा, एमालेलाई मालामाल, राप्रपामा तनाब

    काठमाडौं - निर्वाचन आयोग पछिल्लो समय खुबै क्रान्तिकारी देखिन थालेको छ । एमालेका चौवन्नी सदस्य दिनेशचन्द्र थपलिया प्रमुख निर्वाचन आयुक्त बनेपछि उनले अन्य दलप्रति कठोर व्यवहार देखाउन थालेका छन् ।

    केही समयअघि माओवादी केन्द्रको विधानबाट साम्यवाद शब्द झिक्न लगाउने आयोग अहिले फेरि अर्को विवादमा फसेको छ । राप्रपाको विधानबाट उसले राजतन्त्र र चुनाव चिन्ह गाई हटाउन परिपत्र गरेको छ ।

    शनिबार राति राप्रपाका पूर्वअध्यक्ष कमल थापाले सामाजिक सञ्जालमार्फत आयोगको विज्ञप्ति सार्वजनिक गरेपछि मात्र यो तथ्य बाहिर आएको हो । आयोगले माघ २ गते नै राप्रपाको नवनिर्वाचित नेतृत्वलाई विधानमा विभिन्न शब्द हटाउन परिपत्र गरेको थियो ।

    तर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले त्यसलाई लुकाएर राखेका थिए । आयोगले राप्रपालाई लेखेको पत्रमा उल्लेख गरिएको छ, ‘विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित सनातन हिन्दू राष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश नेपालको संविधानको प्रस्तावना एवं भावनाको प्रतिकूल देखिएकोले सो वाक्यांश हटाई नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुकूल हुने गरी उल्लेख गर्नु होला।’

    राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा आवाज उठाउँदै आएको छ। आयोगले नेपालको राष्ट्रिय जनावर गाईलाई चुनाव चिन्ह नबनाउन भन्दै राप्रपालाई अर्को चुनाव चिन्ह प्रयोग गर्न निर्देशन दिएको छ ।

    जबकि नेपालको झन्डामा रहेको सूर्यलाई आयोगले एमालेको चुनाव चिन्ह प्रयोग गर्न दिएको छ । प्रमुख आयुक्त थपलिया एमालेको चुनाव चिन्ह परिवर्तन गर्न हुन्न भन्नेमा प्रस्ट छन् ।

    झन्डै २० प्रतिशत एमालेको मत सूर्य चुनाव चिन्ह भएकैले आएको उनको ठहर छ । आयोगको नयाँ निर्णयप्रति छलफल गर्न आज राप्रपाले पदाधिकारी बैठक बोलाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend