आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

देउवालाई संसद् विघटन गर्न उक्साउँदै एमाले, प्रचण्ड र माधवले पनि साथ दिने

देउवालाई संसद् विघटन गर्न उक्साउँदै एमाले, प्रचण्ड र माधवले पनि साथ दिने

  • मिडिया डबली
  • शुक्रवार, माघ ७ २०७८

  • 4.5K
    SHARES

  • देउवालाई संसद् विघटन गर्न उक्साउँदै एमाले, प्रचण्ड र माधवले पनि साथ दिने

    काठमाडौं - तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई–दुईपटक प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतले त्यसलाई खारेज गरेपछि कांग्रेस नेतृत्वको सरकार बनेको हो ।

    कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रूपमा स्वीकार गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अहिले फेरि संसद् विघटन गरेर संसदीय चुनावमा जानुपर्ने पक्षमा एकमत देखिएका छन् ।

    विडम्बना यो छ कि हिजो ओलीले गरेको प्रतिनिधिसभा विघटन गर्दा त्यसविरुद्ध सडक आन्दोलन गर्ने र सर्वोच्च अदालतमा मुद्दा हाल्ने प्रचण्ड र माधव नै अहिले किन संसद् विघटन गरेर संसदीय चुनावमा जानुपर्ने एमालेको लाइनमा उभिए भन्ने बडो रहस्यमय छ ।

    राजनीति सबैले देखेको र सोचेको जस्तो सिधा बाटोबाट हिँड्दैन भन्ने कुरालाई फेरि एकपटक पुष्टि गर्न प्रचण्ड, माधवहरू लागिपरेका छन् ।

    आफ्नो पार्टीले कारबाही गरेका सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले जीवनदान दिएर एकीकृत समाजवादी पार्टी खोली त्यसकै सहयोगमा वर्तमान सरकार बनेको भन्दै एमालेले संसद् चल्न दिएको छैन ।

    एमालेले संसद् अवरुद्ध गर्ने पहिला आफ्नै पार्टीको नाममा रहेको खराब रेकर्डलाई समेत उछिनिसकेको छ । पहिले एमालेले ५२ दिनसम्म संसद् अवरुछ गरेको थियो । अहिले तीन महिनाभन्दा बढी भइसकेको छ ।

    आफ्नो पार्टी बलियो नै रहेको भन्ने एमालेमा भ्रम अझै छ । त्यसकै लागि ऊ चाँडै चुनाव होस् भन्ने चाहन्छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि एमालेले संसद् अवरोध गरिरहेकाले बरु प्रतिनिधिसभाकै चुनावमा जाऔं भनेर प्रधानमन्त्री देउवासमक्ष प्रस्ताव गरिसकेका छन् ।

    आज बस्ने सत्तारुढ पाँच दलको बैठकमा प्रचण्डले सोही प्रस्ताव राख्ने बुझिएको छ । तर यसपटक देउवाले बडो सुझबुझका साथ कुनै पनि निर्णय लिने बुझिएको छ ।

    पार्टीका नेताहरूसँग छलफल र विचार विमर्श नगरी देउवा एक्लै अघि बढ्ने मनस्थितिमा छैनन् । किनभने देउवा विगतको आफ्नो खराब राजनीतिक करियर सच्याउने अभियानमा अघि बढेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख ३० २०७७०१:४४:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend