काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोली फेर्न थालेका छन् । हिजोसम्म वैशाखमै स्थानीय तहको निर्वाचन गरौं भन्दै आएका प्रचण्ड अहिले संसदीय निर्वाचन भन्न थालेका छन् ।
एमाले अध्यक्ष केपी ओलीको लोलीमा प्रचण्डले बोली मिलाउन थालेका छन् । एमालेले संसद् चल्न नदिएकाले वैशाखमै संसदीय चुनाव गर्ने र आगामी कात्तिकमा स्थानीय तहको निर्वाचन गर्न उनले प्रस्ताव गरेका छन् ।
प्रचण्डले आज बस्ने सत्तारुढ गठबन्धनको बैठकमा यस्तो प्रस्ताव गर्ने तयारी गरेका छन् । उनले बुधबार नै यस्तो प्रस्ताव कांग्रेस नेताहरूसमक्ष पठाइसकेका छन् ।
प्रचण्डको यस्तो प्रस्तावले कांग्रेसमा सनसनी मच्चिएको छ । कांग्रेस नेताहरू वैशाखमा स्थानीय तहको निर्वाचन गर्न चाहिरहेका छन् ।
तर, प्रचण्डले वैशाखमा संसदको निर्वाचन किन भने भन्ने कुराले कांग्रेस नेताहरू संशयमा परेका छन् । यदि संसदीय निर्वाचनमा राम्रो सिट कांग्रेसले तालमेल नगरेमा प्रचण्ड फेरि पनि ओलीसँग मिल्ने कांग्रेस नेताहरूको आशंका छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।