बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

गणतन्त्रको नारा लगाउँदा गगन थापासँगै जेल परेका आचार्य बने ललितपुरका अध्यक्ष

गणतन्त्रको नारा लगाउँदा गगन थापासँगै जेल परेका आचार्य बने ललितपुरका अध्यक्ष

  • मिडिया डबली
  • सोमवार, पौष २६ २०७८

  • 5.2K
    SHARES

  • गणतन्त्रको नारा लगाउँदा गगन थापासँगै जेल परेका आचार्य बने ललितपुरका अध्यक्ष

    काठमाडौं - ०६२–६३ को जनआन्दोलनअघि नेपालमा गणतन्त्रको नारा लगाउने नेविसंघका अध्यक्ष गुरुराज घिमिरे, महामन्त्री गगन थापा, अखिल नेता पुरुषोत्तम आचार्यलाई तत्कालीन शाही सरकारले जेल हालेको थियो ।

    नेपालमा गणतन्त्र स्थापनाको सुरुवात त्यही घटनादेखि अघि बढेको मानिन्छ । घिमिरे, थापा र आचार्यलाई शाही सरकारले जेल हालेपछि सडकमा राजतन्त्रविरुद्ध प्रदर्शन हुन थाल्यो । चौतर्फी विरोधपछि उनीहरूलाई रिहा गर्न शाही सरकार बाध्य भयो ।

    युवाहरूको नाराले जित्यो । सडकमा गणतन्त्रको नारा लगाउने थापा अहिले नेपाली कांग्रेसको महामन्त्री छन् । घिमिरे केन्द्रीय सदस्य भइसकेका छन् । तर आचार्य भने सधैं गुमनाम रहे । उनी अखिलमा रहँदा नै जेलनेल भोगेका युवा नेता हुन् ।

    बल्ल एमाले ललितपुरको आठौं अधिवेशनबाट आचार्य अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा प्रेमभक्त महर्जन, सचिव राम राउत, उपसचिव श्याम व्यञ्जनकार र तारा सञ्जेल निर्वाचित भएका हुन् ।

    आइतबारको बन्दसत्रमा अध्यक्ष मण्डलले सर्वसम्मत चयन भएको १२० सदस्यीय कमिटीको नामावली निवर्तमान अध्यक्ष हरिकृष्ण व्यन्जनकारले पढेर सुनाए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend