काठमाडौं - संसदीय अभ्यासमा सभाका सभामुख र उपसभामुख कुनै पनि दलको सदस्य नहुने प्रचलन छ। सभामा निर्वाचित भएपछि सम्बन्धित व्यक्तिले दलीय जिम्मेवारीबाट राजीनामा गर्ने परम्परा छ। यसअघि माओवादी नेताहरुले पनि त्यस्तो अभ्यास गर्दै आएका थिए।
अहिलेका प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र विगतमा ओनसरी घर्ती मगरले पनि पार्टी सदस्यबाट राजीनामा दिएका थिए । संघीय संसद्देखि प्रदेश संसदमा पनि त्यही नियम लागू हुन्छ ।
तर, माओवादी केन्द्रका दुई नेतृले उपसभामुख बनेपछि पनि पार्टीको केन्द्रीय सदस्यमा बसेर जात्रा देखाएका छन् । संविधान र संसदीय मूल्य मान्यताकै धज्जी उडाएका छन् । उनीहरू हुन् पुष्पा घर्ती र राधिका तामाङ ।
घर्ती कर्णाली र तामाङ बागमती प्रदेशका उपसभामुख हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बागमती प्रदेशकी उपभामुख तामाङ र कर्णाली प्रदेशकी उपभामुख घर्तीको नाम केन्द्रीय सदस्यमा घोषणा गरेका हुन्।
महाधिवेशनको बन्दसत्रमा प्रचण्डले उनीहरुको नाम पी घर्ती र आर तामाङ भनेर बाचन गरेका थिए। घर्ती र तामाङ जनजाती महिला र जनजाती युवा कोटाबाट माओवादी केन्द्रीय सदस्य बनेका हुन् ।
पार्टीको केन्द्रीय समितिमा पनि बस्ने, उपसभामुख पनि भइराख्ने भन्दै अहिले दुवैलाई राजीनामा दिन चौतर्फी दबाब परेको हो । सत्तारुढ गठबन्धन दल कांग्रेस र एकीकृत समाजवादीले प्रचण्डको यो निर्णयको कडा विरोध जनाएका छन् ।
कांग्रेसले दुवै उपसभामुखलाई दुई पदमध्ये एउटा पदबाट राजीनामा दिन दबाब दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।