अर्घाखाँची - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी प्रतिनिधि सभाको निर्वाचनसम्ममा १५ लाख जनालाई पार्टी प्रवेश गराउने घोषणा गरेका छन् ।
कांग्रेस पाणिनी गाउँ समितिले सोमबार दुर्गाफाँटमा आयोजना गरेको आमसभामा थापाले १५ लाखलाई पार्टी प्रवेश गराउने क्रम अर्घाखाँचीबाटै शुरु भएको समेत बताएका हुन् ।
‘आज मात्र पाँच सय जना कांग्रेस पार्टीमा प्रवेश गर्नुभएको छ,’ नेता थापाले भने, ‘अब १४ लाख ९९ हजार पाँच सय जनालाई पार्टी प्रवेश गराउनुछ । त्यो पनि ७–८ महिनामा ।’
नेता थापाले प्रत्येक क्रियाशील सदस्यले कम्तीमा एक जना नयाँ व्यक्तिलाई पार्टी प्रवेश गराउन सके यो लक्ष्य सजिलै पूरा हुने बताए । कार्यक्रममा फर्कनासाथ यो अभियानमा जोडिन नेता तथा कार्यकर्तालाई अनुरोधसमेत गरेका छन् ।
आज नेकपा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्षलाई पार्टी प्रवेश गराएका हुन् । उनी पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम हुन् । उनीसँगै पाँच सय जना कांग्रसमा प्रवेश गरेका हुन् । कांग्रेसको १४ औं महाधिवेशन सकिएपछि विभिन्न पार्टी त्यागेर कांग्रेस प्रवेश गर्नेको लहर बढेर गएको छ ।











मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।