बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

महामन्त्री गगन थापाले सार्बजनिक गरे गज्जबको अभियान, विद्यार्थीहरु खुसीले गद्‍गद्

महामन्त्री गगन थापाले सार्बजनिक गरे गज्जबको अभियान, विद्यार्थीहरु खुसीले गद्‍गद्

  • मिडिया डबली
  • सोमवार, पौष १२ २०७८

  • 5.0K
    SHARES

  • महामन्त्री गगन थापाले सार्बजनिक गरे गज्जबको अभियान, विद्यार्थीहरु खुसीले गद्‍गद्

    काठमाडौं - कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका र खास गरी पढाइबाट वञ्चित हुने अवस्थामा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै 'भरोसा छात्रवृत्ति' अभियान शुरु भएको छ ।

    सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन मार्फत भरोसा छात्रवृत्ति अभियानको औपचारिक घोषणा भएको हो । यो अभियानमार्फत सातै प्रदेशका १४ (प्रत्येक प्रदेशका २) जिल्लाका सामुदायिक विद्यालयमा पढ्ने कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूले पूर्ण छात्रवृत्ति पाउने छन् ।

    निम्न मानव विकास सूचकाङ्क रहेका सातै प्रदेशका जिल्लाहरू भरोसा छात्र वृत्तिका लागि छानिएका छन् । ओखलढुङ्गा, उदयपुर, रौतहट, महोत्तरी, सिन्धुली, सिन्धुपाल्चोक, बाग्लुंग, गोरखा, रोल्पा, प्युठान, कालिकोट, हुम्ला, बाजुरा र बझाङका विद्यार्थीहरूले भरोसा छात्रवृत्ति पाउन सक्ने छन् ।

    यस वर्ष कम्तीमा ५० विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने उद्देश्य अभियानको रहेको छ । आवेदन खुला गरिएपछि विद्यार्थीहरूले नजिकको डिश होमको डिलर अथवा डिस्ट्र्यिुब्युटरमा गएर भरोसा छात्रवृत्तिको लागि आवेदन दिन सक्नेछन् ।

    त्यसपछि उनीहरूको आवेदन छात्रवृत्ति समिति कहाँ पुग्ने छ । समितिले महामारीका कारण समस्यामा परेका विद्यार्थीहरूका आधारमा छानेर अन्तर्वार्ता लागि बोलाउने छ र त्यसपछि छात्रवृत्ति उपलब्ध गराउने छ ।

    अन्तर्वार्ता सम्बन्धित जिल्लामा गएर लिने या कसरी गर्ने भन्ने कुराको अहिले नै टुङ्गो लागी नसकेको भरोसा छात्रवृत्ति अभियानकी संयोजक सीता थापाले बताइन् । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको मासिक विद्यालय शुल्क ५ हजार ननाघ्ने र केहीको हकमा वार्षिक २ लाख ननाघ्ने हुनुपर्ने छ ।

    कोभिड-१९ को महामारीले निम्त्याएको सङ्कटले आर्थिक सँगसँगै शैक्षिक क्षेत्रमा समेत ठुलो असर पारेको छ । कतिपय विद्यार्थीहरू महामारीका कारण पढ्न नसक्ने अवस्थामा पुगेका छन् ।

    यसै समस्यालाई मध्यनजर गर्दै प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री गगन थापा, डिश होमका प्रबन्ध निर्देशक सुदीप आचार्य, फ्याक्ट्स नेपालका संस्थापक एवं सीईओ मनिष झा, वाव म्यागेजिनकी चारु चड्डा र हेल्प नेपालकी कार्यकारी निर्देशक जिम्मी लामाको पहलमा यो अभियान सुरु भएको हो । भरोसा छात्रवृत्ति अभियानकी संयोजक सीता थापा रहेकी छन् ।

    पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस महामन्त्री थापाले यो अभियानलाई प्रत्येक वर्षअघि बढाउने र यसका लागि सबैको साथ सहयोगको आवश्यकता रहेको बताए ।

    महामारीका कारण थुप्रै विद्यार्थीहरू समस्याको परेको बताउँदै उनले यस किसिमको अभियानले कसैलाई जीवनभरिका लागि सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

    महामारीका कारण पढाइबाट वञ्चित हुने अवस्थामा रहेका विद्यार्थीहरूका लागि यो अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने जिम्मी लामाले बताइन् । यस्तै समस्यामा रहेका विद्यार्थीहरूलाई भरोसा छात्रवृत्तिको आवश्यकता रहेको चारु चड्डाले बताइन् ।

    विश्वमा शैक्षिक क्षेत्रमा अर्बौं रुपैयाँको अभाव रहेको र यसलाई भरोसा छात्रवृत्ति जस्ता अभियानले केही हदसम्म भए पनि निर्मूल गर्ने फ्याक्ट्स नेपालका संस्थापक एवं सीईओ मनिष झाले बताए ।

    नेपालको सन्दर्भमा समेत आर्थिक अभावकै कारण थुप्रै विद्यार्थीहरू पढाइबाट वञ्चित हुने अवस्थामा रहेका कारण सबैको सहकार्यबाट भरोसा छात्रवृत्ति अभियानलाई अगाडि बढाउन आवश्यक रहेको उनको भनाइ छ ।

    शैक्षिक क्षेत्र उकास्नका लागि यस किसिमका अभियानहरूको आवश्यकता रहेको र यसका लागि कर्पोरेट क्षेत्रबाट सक्दो सहयोग हुने नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडका सीईओ रामकृष्ण खतिवडाले बताए ।

    महामारीका कारण समस्या परेका विद्यार्थीहरूका लागि केही गर्नुपर्छ भन्ने उद्देश्यले यो अभियान अघि बढाइएको र यसमा सबैको साथ सहयोग आवश्यक रहेको डिश होमका प्रबन्ध निर्देशक सुदीप आर्चायले बताए ।

    यो अभियान सबैको साझा रहेको बताउँदै उनले जुनसुकै व्यक्ति अथवा सङ्घ संस्थाले सहयोग एवं सहकार्य गर्न सक्ने बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend