बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

गगन थापा सबैभन्दा कान्छा पदाधिकारी, कांग्रेसमा बन्यो अर्को कीर्तिमान

गगन थापा सबैभन्दा कान्छा पदाधिकारी, कांग्रेसमा बन्यो अर्को कीर्तिमान

  • मिडिया डबली
  • आइतवार, पौष ४ २०७८

  • 7.3K
    SHARES

  • गगन थापा सबैभन्दा कान्छा पदाधिकारी, कांग्रेसमा बन्यो अर्को कीर्तिमान

    काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारीको संख्या १३ जना रहेको छ । एक सय ३४ केन्द्रीय कार्यसमितिमा अब केन्द्रीय सदस्यहरूको परिणाम आउन बाँकी छ ।

    त्यस्तै, पदाधिकारीमा पर्ने कोषाध्यक्ष चाँडै मनोनीत गर्ने तयारीमा सभापति शेरबहादुर देउवा छन् । केन्द्रीय सदस्यमध्येबाटै कोषाध्यक्ष मनोनीत हुनेछन् ।

    देउवाले कसलाई कोषाध्यक्ष बनाउँछन् ? अझै केही दिन कुर्नुपर्ने हुन्छ । तर, कांग्रेसमा निर्वाचित पदाधिकारीमा उमेरगत सन्तुलन भने झल्किएको छ ।

    सभापति देउवा ७५ वर्षका भएका छन् । उपसभापतिमा ६७ वर्षीय पूर्णबहादुर खड्का र ५६ वर्षीय धनराज गुरुङ छन् । सहमहामन्त्रीमा निर्वाचित फरमुल्लाह मन्सुर ६८, भीष्मराज आङ्देम्बे ५५, महालक्ष्मी उपाध्याय डिना ५३, महेन्द्र यादव ५८, उमाकान्त चौधरी र किशोरसिंह राठौर ५२, विश्वप्रकाश शर्मा ४९, बद्री पाण्डे ४७, जीवन परियार ४६ र गगन थापा ४५ वर्षका छन् ।

    यस आधारमा नेपाली कांग्रेसको १३ सदस्यीय पदाधिकारीमा गगन थापा सबैभन्दा कान्छा हुन् । पदाधिकारीमध्ये महामन्त्रीमा थापाले सबैभन्दा धेरै मत ल्याएका छन् । उनले तीन हजार २३ मत ल्याएका छन् । अर्का महामन्त्री शर्माले १९ सय ८४ मत पाए ।

    धेरैपछि नेपाली कांग्रेसको पदाधिकारीमा कान्छा नेता आएका हुन् । कांग्रेसका संस्थापक नेता बिपी कोइराला ४२ वर्षकै उमेरमा प्रधानमन्त्री बनेका थिए ।

    उनी पार्टी सभापतिसमेत सानै उमेरमा बनेका थिए । अनुभवी पाका नेता र जोसिला युवाहरूसहितको सन्तुलन मिलेको पदाधिकारी देउवाका लागि अनुकूल बन्न सक्छ । समन्वय गरेर आगामी तीनै तहको चुनावको तयारी गर्नसके देउवाका लागि पदाधिकारी शक्ति बन्ने धेरैको अपेक्षा छ ।

    किनभने गगन र विश्वप्रकाश महामन्त्रीमा निर्वाचित भएसँगै देशभर नयाँ सन्देश गएको छ । कांग्रेसका नेता कार्यकर्ता मात्र होइन, विपक्षी दलका समर्थक र शुभेच्छुकसमेत खुसी भएका छन् ।

    धेरै मानिस अबको निर्वाचनमा गगन र विश्वप्रकाशको जोडीले कांग्रेसको बहुमत ल्याउने आकलन गर्न थालिसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend