आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले पार्टीमा डा. भीम रावलले पाए नयाँ पद, कुन जिम्मेवारी ?

एमाले पार्टीमा डा. भीम रावलले पाए नयाँ पद, कुन जिम्मेवारी ?

  • मिडिया डबली
  • शनिवार, पौष ३ २०७८

  • 3.8K
    SHARES

  • एमाले पार्टीमा डा. भीम रावलले पाए नयाँ पद, कुन जिम्मेवारी ?

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा नेता डा. भीमबहादुर रावलले नयाँ पद पाएका छन् ।

    नेता रावलले एमालेको केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी पाएका छन् ।

    पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार बनेका डा. रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि जिम्मेवारीविहीन बनेका थिए ।

    अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य समेत उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा डा. रावलले रुचि नदेखाएपछि रावललाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् ।

    महासचिव पोखरेलले थप जिम्मेवारीका लागि अध्यक्ष ओली र डा. रावलको परामर्श बमोजिम हुने स्पष्ट गरेका छन् । पार्टीको गत मंसिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई चयन गरिसकेको छ ।

    दशौं राष्ट्रिय महाधिवेशनपछिका केन्द्रीय कमिटीको बैठकका निर्णयमा रावलको जिम्मेवारी समेत तोकिएको छ । अछामबाट प्रतिनिधि सभामा निर्वाचित डा. रावलले आफू पार्टीमै रहने र पार्टीभित्र देखिएका कमजोरी सुधार्न लागि पर्ने जनाउँदै आएका छन् ।

    गत मंसिर १०–१४ गतेसम्म चितवनमा भएको महाधिवेशनमा सर्वसम्मत नेतृत्व प्रस्तावअन्तर्गत उपाध्यक्ष पदमा निरन्तरता दिन बन्द सत्रमा अध्यक्ष ओलीले गरेको प्रस्तावमा डा. रावल तयार नभएपछि चुनाव नै भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend