काठमाडौं - नेपाली कांग्रेसको महामन्त्री को बन्ला भन्ने अहिले सर्वत्र चासो र चिन्ता पनि देखिएको छ । गगन थापा, विश्वप्रकाश शर्मा, डा.प्रकाशशरण महत, मिनेन्द्र रिजाल र प्रदीप पौडेल दुई महामन्त्रीका लागि आपसमा भिडेपछि यसले सर्वत्र चासो पाएको हो ।
दुई पदका लागि अहिलेका चर्चित कांग्रेस युवा नेताहरू आपसमै भिडेपछि महाधिवेशन प्रतिनिधि पनि खिन्न देखिएका छन् । पाँचैजना कांग्रेस पदाधिकारीमा रहनै पर्ने युवा नेता हुन् ।
तर, पनि कांग्रेसको गुट उपगुटको सिकार युवा नेतालाई बनाइएको छ । महामन्त्रीका उम्मेदवारहरूले आ–आफ्नै ढंगले प्रचार गरिरहेका छन् । त्यसमा पनि गगन थापा अन्यभन्दा प्रचारमा अगाडि देखिएका छन् ।
उनले महाधिवेशनमा उम्मेदवारी दर्ता भएलगत्तै हाइटेक प्रचार शैली अपनाएका छन् । मतदातामा उनको ग्ल्यामर छविको प्रभाव पनि रामै्र परेको छ ।
यतिबेला विभिन्न टेलिभिजनले मतदाताहरूसँग भक्सपप लिइरहेका छन् । कस्तो नेतृत्व चाहनु हुन्छ ? सभापति र महामन्त्रीमा कसलाई देख्न चाहनुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा युवादेखि बुढासम्मले सभापतिमा शेखर कोइराला र शेरबहादुर देउवाको मिश्रित नाम लिए पनि महामन्त्रीमा गगन थापाको नाम छुटाएनन् ।
यसले पनि महामन्त्रीमा गगनको सम्भावना बलियो देखिएको विश्लेषण गर्न थालिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।