काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा महासचिव शंकर पोखरेलले मनपरी गरेको आरोप लागेको छ ।
महासचिव पोखरेलले पत्नीलाई पार्टी पोलिटब्यूरो सदस्य र बहिनीलाई केन्द्रीय सदस्य बनाएका छन् ।
लुम्बिनीका पूर्व मुख्यमन्त्री समेत भएका पोखरेल महासचिव भएपछि पत्नी सुजिता शाक्यलाई पार्टी पोलिटब्यूरो सदस्य बनाएका छन् । एमालेले आईतबार छानेको ९९ सदस्यीय पोलिटब्यूरोमा शाक्य परेकी छन् ।
केन्द्रीय सदस्य घनश्याम भुसालले पोलिटब्यूरोमा टंक कार्कीलाई ल्याउन माग गरेका थिए । तर महासचिव पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले कुनै सुनुवाइ गरेनन् । भुसालले कार्की आफूभन्दा पुरानो नेता भएको केन्द्रीय कमिटी बैठकमै बताउँदा समेत पोखरेलपत्नी नै रोजाइमा परिन् ।
महासचिव पोखरेलकी बहिनी मेनका पोखरेल समेत एमाले केन्द्रीय सदस्य बनेकी छन् । मेनका त्रिवि अन्तर्गतको महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापनरत रहेकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।