आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

डा. शेखर कोइरालासँग कुरा गर्ने जिम्मा गगन थापालाई, होला सहमति ?

डा. शेखर कोइरालासँग कुरा गर्ने जिम्मा गगन थापालाई, होला सहमति ?

  • मिडिया डबली
  • बिहिवार, मंसिर २३ २०७८

  • 7.6K
    SHARES

  • डा. शेखर कोइरालासँग कुरा गर्ने जिम्मा गगन थापालाई, होला सहमति ?

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार बनाउने पहल भइरहेका बेला आकांक्षी डा. शेखर कोइरालासँग महामन्त्रीका आकांक्षी गगनकुमार थापा लगायतले कुरा गर्ने भएका छन् ।

    बिहीबार बिहान बसेको संस्थापनइतर पक्षका केन्द्रीय सदस्यहरूको बैठकले सभापतिमा १ जना मात्रै उम्मेदवार बनाउन प्रयास गर्ने गरी २ वटा समिति बनाएको छ ।

    डा. शेखर कोइरालासँग गगन थापा, धनराज गुरुङ र चन्द्र भण्डारीले छलफल गर्ने भएका छन् । अर्का आकांक्षी प्रकाशमान सिंहसँग महेश आचार्य, अर्जुन नरसिंह केसी र बलबहादुर केसीले कुरा गर्ने जनाइएको छ ।

    आकांक्षीसँग छुट्टाछुट्टै छलफल गरेर दिउँसो फेरि साझा उम्मेदवारका विषयमा छलफल गरेर निष्कर्ष निकालिने युवा नेताहरूको तयारी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend