आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कृष्ण यादवले रौतहटमा कांग्रेस संगठन ब्रह्मनाल पुर्याए, केन्द्रीय महाधिवेशन प्रतिनिधिको सूची नै गायब

कृष्ण यादवले रौतहटमा कांग्रेस संगठन ब्रह्मनाल पुर्याए, केन्द्रीय महाधिवेशन प्रतिनिधिको सूची नै गायब

  • मिडिया डबली
  • शनिवार, मंसिर १८ २०७८

  • 11.1K
    SHARES

  • कृष्ण यादवले रौतहटमा कांग्रेस संगठन ब्रह्मनाल पुर्याए, केन्द्रीय महाधिवेशन प्रतिनिधिको सूची नै गायब

    काठमाडौं - प्रदेश २ को सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेका कृष्ण यादवले रौतहट कांग्रेसको संगठन समाप्त पार्ने कसम नै खाएका छन् ।

    संस्थापन पक्षबाट प्रदेश २ को सभापति उठ्न लागेका यादवले आफ्नो गृहजिल्लामा चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका केन्द्रीय महाधिवेशनको सूची नै गायब गरेका छन् ।

    कांग्रेसले पठाएका जिल्ला निर्वाचन अधिकृत दिनेश रेग्मीलाई आफ्नो प्रभावमा पारेर रौतहटका कांग्रेस सभापतिसमेत रहेका यादवले धाँधलीको पनि चरम नमूना प्रस्तुत गरेका छन् ।

    जिल्लामा उनका प्रतिस्पर्धी कांग्रेस नेता मोहम्मद अफताव आलम जेलमा रहेको मौका छोपी यादवले जिल्लामा कांग्रेसमा भाँडभैलो नै मच्चाएका छन् । आलमले यादवसँग जिल्लामा आत्मसमर्पण गरेपछि उनको फूर्ति बढेको हो ।

    कतिसम्म भने यादवले रौतहटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १, २ र ३ मा क्षेत्रीय प्रतिनिधिलाई खाली कागजमा हस्ताक्षर गर्न लगाएर क्षेत्रीय अधिवेशन सम्पन्न भएको घोषणा गरेका छन् ।

    तर, अहिलेसम्म तीनवटै निर्वाचन क्षेत्रबाट को को क्षेत्रीय सभापति बने र ७५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि को को छनोट भए भन्ने समेत कसैले भेउ पाएको छैन । जिल्ला निर्वाचन अधिकृत रेग्मी जतिबेला पनि रेस्टुरेन्टमा मदिरा सेवन गरेर बसेको भेटिन्छ ।

    यादवले जिल्लामा एकलौटी ढंगले क्षेत्रीय अधिवेशन गराउन थालेपछि रौतहट ४ का कांग्रेसका क्षेत्रीय प्रतिनिधिले विद्रोह गरेका थिए । ४ नम्बर क्षेत्रमा पाँच सय १ जना क्षेत्रीय प्रतिनिधि रहेका छन् ।

    त्यसमध्ये एक सय ८० जनाले निर्वाचनमार्फत क्षेत्रीय अधिवेशन गर्नुपर्ने भन्दै जिल्ला निर्वाचन कार्यालयमा विरोध पत्र बुझाउदै घेराबन्दी गरेपछि मंसिर १५ गते क्षेत्र नम्बर ४ को अधिवेशन भएको थियो ।

    अधिवेशनमा कृष्ण यादव पक्षका प्रेमकुमार यादव नेतृत्वको प्यानल लज्जास्पद ढंगले पराजित बन्यो । रामसिंह यादव क्षेत्र नम्बर ४ को सभापतिमा प्यानलसहित निर्वाचित भए ।

    साथै, २५ जना महाधिवेशन प्रतिनिधिमध्ये कोही पनि कृष्ण यादव पक्षका नपरेपछि उनले अहिलेसम्म नवनिर्वाचित कार्यसमिति र महाधिवेशन प्रतिनिधिको सूची नै गायब गरिदिएका छन् ।

    आफ्नो पक्षका कोही पनि महाधिवेशन प्रतिनिधिमा नआएपछि यादवले निर्वाचन समितिमा उजुरी हाल्न लगाई अधिवेशनमा धाँधली भएको भन्दै विवादित बनाउन खोजेका छन् ।

    यादवकै निर्देशनमा निर्वाचन अधिकृत रेग्मीले समेत क्षेत्र नम्बर ४ को अधिवेशन विवादित बनेको र छानबिन प्रतिवेदन तयार भएपछि मात्र महाधिवेशन विजयी महाधिवेशन प्रतिनिधिलाई प्रमाणपत्र दिने जवाफ दिएको रौतहट कांग्रेसका एक नेताले मिडियाडबलीलाई बताए ।

    स्रोतका अनुसार यादवले प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनमा रौतहटबाट छनोट भएका महाधिवेशन प्रतिनिधिलाई वञ्चित गराउन खोजेका छन् । जबकि उनी आफैै शनिबार हुने प्रदेश सभापतिमा उम्मेदवारी दिँदैछन् ।

    प्रदेश २ को सभापतिमा रामसरोज यादवले पनि उम्मेदवारी दिँदैछन् । रामसरोज पार्टी उपसभापति विमलेन्द्र निधि पक्षका हुन् । तर, निधिले पनि रौतहटमा कृष्ण यादवले देखाएको कृष्णलीलाबारे चुइँक्क बोल्न सकेका छैनन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष १४ २०७९०४:४२:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend