काठमाडौं – नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको चुनावमा उपाध्यक्ष पदमा पराजित घनश्याम भुसालले केन्द्रीय सदस्य पदमा जितेर शपथ ग्रहण गरेका छन् ।
भुसालले अध्यक्ष केपी शर्मा ओलीबाट केन्द्रीय सदस्य पदको शपथ ग्रहण गरेका छन् ।
एमालेको विधानअनुसार पदाधिकारीका उम्मेदवार स्वतः केन्द्रीय सदस्यको उम्मेदवार हुने प्रावधान रहेकोमा उपाध्यक्ष पदमा ७२५ मत ल्याएका भुसालले केन्द्रीय सदस्य पदमा १२६५ मत ल्याएर विजयी भएका छन् ।
अध्यक्ष पदमा पराजित भीमबहादुर रावल समेत केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् । रावलले ९०४ मत पाएका छन् । रावलले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।