काठमाडौं – नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार भएको चुनावमा भीमबहादुर रावल र घनश्याम भुसाल केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् ।
पार्टी पदाधिकारीमा चुनाव हारेपनि नेताहरु भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्य पदमा विजयी बनेका छन् ।
निर्वाचन आयोगले सुनाएको मतपरिणाम अनुसार रावल र भुसाल केन्द्रीय कमिटी सदस्य पदमा निर्वाचित भएका छन् ।
अध्यक्षका उम्मेदवार रहेका रावल केपी शर्मा ओलीसँग पराजित भएका हुन् । उपाध्यक्षमा उम्मेदवारी दिएका भुसाल समेत पदाधिकारीमा चुनाव हारेका छन् । तर दुबै नेता एमाले केन्द्रीय सदस्य सदस्य भने रहिरहने भएका छन् ।
अध्यक्षमा पराजित भीम रावलले आफू केन्द्रीय सदस्य नबस्ने घोषणा समेत गरेका छन् । अन्य उम्मेदवारभन्दा धेरै भोट आएपछि रावल विजयी भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।