आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चुनाव हारेपछि घनश्याम भुसालको प्रारम्भिक प्रतिक्रिया, के भने ?

चुनाव हारेपछि घनश्याम भुसालको प्रारम्भिक प्रतिक्रिया, के भने ?

  • मिडिया डबली
  • मंगलवार, मंसिर १४ २०७८

  • 7.9K
    SHARES

  • चुनाव हारेपछि घनश्याम भुसालको प्रारम्भिक प्रतिक्रिया, के भने ?

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसालले चुनाव हारेका छन् ।

    अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै पेश गरेको सूचीमा रहेका उम्मेदवारहरू नै विजयी हुँदा फरक मत राख्दै उम्मेदवारी दिएका भुसाल पराजित भएका छन् ।

    मतपरिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता भुसालले मतपरिणामको स्वागत गर्ने बताएका छन् ।

    भुसालले भने, ‘म अहिले धेरै बोल्दिनँ, मतपरिणामको स्वागत गर्छु ।’

    आज मंगलवार अपराह्न सार्वजनिक भएको औपचारिक मतपरिणाममा भुसालले अरु ६ जना उम्मेदवारभन्दा कम मत पाएर पराजित भएका छन् । उपाध्यक्ष पदमा सबैभन्दा धेरै मत अष्टलक्ष्मी शाक्यले पाएकी छन् भने दोस्रोमा सुरेन्द्र पाण्डे रहेका छन् ।

    उपाध्यक्ष शाक्यले १ हजार ९७६ मत पाएकी छन् भने पाण्डेले १ हजार ९२५ मत पाएका छन् ।

    उपाध्यक्ष पदमा विष्णु पौडेलले १ हजार ८५६, सुवासचन्द्र नेम्वाङले १ हजार ८६५, युवराज ज्ञवालीले १ हजार ८४२ र बादलले १ हजार ७६८ मत पाएका जनाइएको छ । पराजित भुसालले ७२५ मत मात्रै पाएका निर्वाचन आयोगले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend