काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको चुनावको प्रारम्भिक मतपरिणाम सार्वजनिक भइरहँदा उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्यले कीर्तिमान बनाउने देखिएको छ ।
विगतमा माधवकुमार नेपालनिकट रहँदै आएपनि पार्टी विभाजन हुँदा शाक्य एमालेमै रहँदै बागमती प्रदेशकी मुख्यमन्त्री बनेकी थिइन् । एमाले विभाजनका कारण उनको मुख्यमन्त्री पद गुमेको थियो ।
एमाले उपाध्यक्ष पदको चुनाव अष्टलक्ष्मी शाक्यले सबैभन्दा बढी मत ल्याउँदै पहिलो हुने कीर्तिमान बनाउन थालेकी छन् ।
उपाध्यक्ष पदको चुनावमा दोस्रो नम्बरमा सुवासचन्द्र नेम्वाङ छन् भने केपी शर्मा ओलीको सर्वसम्मत सूचीविरुद्ध उपाध्यक्ष पदमा उम्मेदवारी दिएका घनश्याम भुसालको मत हालसम्म सबैभन्दा कम रहेको स्रोतले जनाएको छ । उपाध्यक्षमा पूर्व माओवादी रामबहादुर थापा ‘बादल’को समेत राम्रै मत आइरहेको जनाइएको छ ।
एमालेको चुनावमा २ हजार १५३ महाधिवेशन प्रतिनिधि मतदाता रहेकोमा २ हजार ७९ जनाले मतदान गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।