काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा केपी शर्मा ओली विजयी भएका छन् ।
चितवनको सौराहमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनमा भीमबहादुर रावललाई फराकिलो मतान्तरले हराउँदै ओली आगामी ५ वर्षका लागि अध्यक्ष निर्वाचित भएका छन् ।
केन्द्रीय निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले अध्यक्ष पदमा ओलीले १ हजार ८०८ मत र भीम रावलले २१३ मत मात्रै पाएका छन् ।
ओलीको प्रस्तावअनुसार रावल सहमतिमा नआएपछि चुनाव भएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।