काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको चितवनको सौराहमा जारी १०औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना जारी छ ।
आधाभन्दा बढी मत गनिसक्दा अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले अर्का उम्मेदवार भीम रावलभन्दा धेरै अगाडि देखिएका छन् ।
प्रारम्भिक मतपरिणामअनुसार केपी शर्मा ओलीले १ हजार ७१४ मत ल्याउँदा भीम रावलले २१३ मत ल्याएका छन् ।
महाधिवेशनमा भएको चुनावमा २ हजार १५३ महाधिवेशन प्रतिनिधि मतदाता रहेकामा २ हजार ७९ जनाले मतदान गरेका थिए ।
चुनावबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी चुनिँदैछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।