काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक भइरहेको छ ।
चितवनमा जारी एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा भएको चुनावको प्रारम्भिक चरणमा उपाध्यक्ष पदका उम्मेदवार रामबहादुर थापा ‘बादल’ले ४९० मत ल्याउँदा अर्का उम्मेदवार घनश्याम भुसालले ६१ मत मात्रै पाएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेकोबाहेक उपाध्यक्ष पदमा घनश्याम भुसालले उम्मेदवारी दिएका थिए । भुसालको उम्मेदवारीले पूर्व माओवादीबाट आएका बादललाई असर पर्नसक्ने चर्चा भइरहेका बेला बादल मतगणनामा अगाडि देखिएका छन् ।
चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १५३ जना महाधिवेशन प्रतिनिधि रहेकोमा २ हजार ९६ मत खसेको थियो ।
मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा चुनाव भएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।