काठमाडौं – नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली निर्वाचित भएका छन् ।
पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको चुनावको प्रारम्भिक मतपरिणाम सार्वजनिक भइरहेकै बेला ओलीले जितेका छन् ।
कूल २ हजार १५३ जना महाधिवेशन प्रतिनिधि रहेकामध्ये २ हजार ९२ जनाले मतदान गरेका थिए । जसमध्ये ४९ वटा विद्युतीय भोटिङ मशिनको मतगणना हुँदा ओलीले खसेको मतको आधा मत ल्याइसकेका छन् ।
अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले १ हजार ४६ मत पाएका छन् भने प्रतिद्वन्द्वी भीमबहादुर रावलले १२२ मत मात्रै पाएका छन् । ओलीले पाएको मत खसेको कूल मतको आधा हो ।
मतगणना अझै जारी नै छ । महाधिवेशनमा विभिन्न ५० पदका लागि चुनाव भएको छ । महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यहरुका लागि चुनाव भएको छ ।
एमाले अध्यक्षमा केपी शर्मा ओली र भीमबहादुर रावल उम्मेदवार रहेका छन् भने ६ उपाध्यक्षका लागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवासचन्द्र नेम्वाङ उम्मेदवार बनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।