काठमाडौं – नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतपरिणाम सार्वजनिक भइरहेको छ ।
चितवनको सौराहामा जारी मतगणनाको प्रारम्भिक परिणाम अनुसार ४९ वटा विद्युतीय मशिनको मतगणना हुँदासम्म अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले १ हजार ४६ मत पाएका छन् भने प्रतिद्वन्द्वी भीमबहादुर रावलले १२२ मत मात्रै पाएका छन् ।
नेकपा एमाले महाधिवेशनमा ६९ वटा विद्युतीय भोटिङ मशिनबाट मतदान भएको हो । २ हजार १५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ९२ जनाले मतदान गरेका छन् ।
महाधिवेशनमा विभिन्न ५० पदका लागि चुनाव भएको छ । महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यहरुका लागि चुनाव भएको छ ।
एमाले अध्यक्षमा केपी शर्मा ओली र भीमबहादुर रावल उम्मेदवार रहेका छन् भने ६ उपाध्यक्षका लागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।