काठमाडौं – नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी ओलीले ८ सय बढी मत ल्याउँदा भीम रावलले १ सय मत पनि पुर्याउन सकेनन् ।
पछिल्लो मतपरिणामअनुसार ओलीले ८३२ मत पाउँदा भीम रावलले ९३ मत मात्रै पाएका छन् ।
निर्वाचन आयोगले अबको १ घण्टाभित्र सबै परिणाम आउने जनाएको छ ।
मतदानमा २ हजार ९६ मत खसेको हो । एमालेका १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यका लागि मतदान भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।