काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको चुनावको मतगणना सुरू भएको छ ।
चितवनको सौराहस्थित मतदानस्थलमै मतगणना सुरु भएको हो । एमाले नेतृत्व चयनका लागि २ हजार १५३ मतदातामध्ये २ हजार ९६ मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अध्यक्ष डा. विजय सुब्बाले पहिलो चरणमा ६९ वटा इलेक्ट्रिक भोटिङ मशिनबाट भएको मतदानलाई एकीकृत गर्ने काम भइरहेको जानकारी दिए ।
उनले भने, ‘६९ वटा भोटिङ मशिनमा एकीकृत गर्ने काम भइरहेको छ । अहिले मतगणना जारी छ । चिप्सबाट ल्याएर जोड्ने काम भइरहेको भनेर प्राविधिकले जानकारी दिनुभएको छ । अझै साढे २ घण्टामा परिणाम आउने छ ।’
एमाले अध्यक्ष पदमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।