काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार भीमबहादुर रावलले पार्टीको मतदान इलाकामा सूचना सूची बाँड्ने कार्य आचारसंहिता विपरीत रहेको जनाएका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता रावलले समूह सूची बाँड्ने कार्यले पार्टीमा धब्बा लाग्ने दाबी समेत गरेका छन् ।
रावलले लेखेका छन्, ‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचारसंहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु । उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ । यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु ।’
मतदानस्थलमा अध्यक्ष केपी शर्मा ओली पक्षका केही व्यक्तिले रावलसहित उम्मेदवारलाई मतदान नगर्न भन्दै पर्चा बाँडेपछि उनले विरोध जनाएका छन् । आचारसंहिता विपरीतका हर्कतको विरोध गर्नेमाथि गुण्डागर्दी शैलीमा जाइलाग्ने कार्यको समेत रावलले विरोध गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।