आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेको चुनावमा यसरी हुँदैछ गडबडी, चुनावअघि ओलीले फाले नयाँ कार्ड !

एमालेको चुनावमा यसरी हुँदैछ गडबडी, चुनावअघि ओलीले फाले नयाँ कार्ड !

  • मिडिया डबली
  • सोमवार, मंसिर १३ २०७८

  • 4.2K
    SHARES

  • एमालेको चुनावमा यसरी हुँदैछ गडबडी, चुनावअघि ओलीले फाले नयाँ कार्ड !

    काठमाडौं – नेकपा एमालेको जारी १०औं महाधिवेशनबाट नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताको समय सकिएको छ । तर चुनावअघि अध्यक्ष केपी शर्मा ओलीले नयाँ कार्ड फालेका छन् ।

    अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यमा चुनाव गर्नुपर्ने भएपछि ओलीले पदाधिकारीमा मात्रै चुनाव गराउने कार्ड फालेका छन् ।

    अध्यक्ष ओलीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूलाई फिर्ता गर्न लगाउन विभिन्न आश्वासन दिइरहेका स्रोतको दाबी छ । ओलीले आईतबार राति बन्दसत्रमा पेश गरेका नामबाहेक केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूलाई फिर्ता गर्न दबाब दिइँदैछ ।

    केन्द्रीय निर्वाचन आयोगको समयतालिकाअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशित भइसक्नुपर्नेमा ढिलाइ भइरहेको छ । आयोगले अझै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छैन ।

    निर्वाचन आयोगले ढिलाइ गर्दा मतदानको समय पनि पर सर्ने स्रोतले जनाएको छ । मतदानका लागि यसअघि ९ बजे समय तोकिएको थियो । ओलीले केन्द्रीय सदस्यमा सर्वसम्मत गराएर पदाधिकारीमा मात्रै चुनाव गराउन चाहेका छन् ।

    उम्मेदवारीअनुसार वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध निर्वाचित भइसकेका छन् भने अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यमा चुनाव गर्नुपर्ने भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend