आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीसँग चुनाव हारेपछि भीम रावलले एमाले छाड्छन् ? सौराहमा कानेखुसी !

केपी ओलीसँग चुनाव हारेपछि भीम रावलले एमाले छाड्छन् ? सौराहमा कानेखुसी !

  • मिडिया डबली
  • सोमवार, मंसिर १३ २०७८

  • 5.1K
    SHARES

  • केपी ओलीसँग चुनाव हारेपछि भीम रावलले एमाले छाड्छन् ? सौराहमा कानेखुसी !

    काठमाडौं – नेकपा एमालेको जारी १०औं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा भइरहेको छ । एमालेभित्र ओलीको प्रभाव धेरै भएकाले रावल पराजित हुने पूर्वानुमान छ ।

    रावल पराजित भएसँगै एमाले पार्टी छाडेर जानसक्ने आशंका पनि महाधिवेशनस्थल चितवनको सौराहमा देखिन्छ । कतिपय महाधिवेशन प्रतिनिधिले रावललाई भेटेर चुनाव हारेपनि पार्टी नछाड्न सुझाव दिन थालेका छन् ।

    उपाध्यक्ष रावलको निकट सम्बन्ध माधवकुमार नेपालसँग थियो । तर नेपालले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गराउँदा रावल एमालेमै बसेका थिए । अब एमालेमा चुनाव हारेपछि रावल नेपालको पार्टी एकीकृत समाजवादीमा जानसक्ने आशंकाले सौराहमा कानेखुसी हुन थालेको छ ।

    महाधिवेशनस्थलमा प्रतिनिधिसँग भोट माग्दै हिँडेका रावललाई प्रतिनिधिले पार्टी नछाड्न र एमालेमै बस्न सुझाव दिन थालेका छन्, भोट दिने कुरा प्रमुख बनेको नदेखिएको बताइन्छ ।

    पार्टी छाड्ने आशंका गर्नेहरूलाई रावलले आफू पार्टी नछाड्ने र विधिपद्धति स्थापित गर्न लडिरहने जवाफ दिइरहेका छन् । अध्यक्ष लगायत पदमा राति ९ बजेदेखि चुनाव हुँदैछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend