काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले आफूलाई केन्द्रीय सदस्यसमेत नबनाएपछि बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई भाउन्न भएर हिँडेका छन् ।
एमालेको महाधिवेशनमा जम्मा भएको भिडमा आफ्नो पनि धेरै ठूलो योगदान भएको प्रचार गर्दै हिँडेका प्रसाईले केन्द्रीय सदस्यसमेत बनाएनन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेर प्रसाई हालै मात्र एमाले प्रवेश गरेका थिए ।
एमाले प्रवेश गर्नेवित्तिकै ओलीले प्रसाईलाई महाधिवेशन प्रतिनिधि मनोनीत गरेका थिए । प्रसाईले केन्द्रीय सदस्यको आश गरेका थिए ।
त्यही भएर आइतबार साँझसम्म उनी भीम रावल र घनश्याम भुसाललाई गाली गर्दै बसेका थिए । ओलीलाई महान नेता भएको दाबी गर्थे । जब आफ्नो नाम केन्द्रीय कमिटीको लिस्टमा परेन, उनी आक्रोशित हुँदै चुनावबाटै नेतृत्व चयन गर्नुपर्ने बताउन थालेका छन् ।
प्रसाईले अब भीम रावल, घनश्याम भुसाललगायतको भविष्य सकिएको र आफूहरूले एमाले चलाउने दाबी गर्ने गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।