आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पूर्व माओवादीबाट एमालेका पदाधिकारी बन्ने भए यी नेता, कति मिल्यो भाग ?

पूर्व माओवादीबाट एमालेका पदाधिकारी बन्ने भए यी नेता, कति मिल्यो भाग ?

  • मिडिया डबली
  • आइतवार, मंसिर १२ २०७८

  • 5.8K
    SHARES

  • पूर्व माओवादीबाट एमालेका पदाधिकारी बन्ने भए यी नेता, कति मिल्यो भाग ?

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा पूर्व माओवादी पक्षका नेताहरूलाई केही पदाधिकारी र केन्द्रीय सदस्य पदमा भाग मिल्ने भएको छ ।

    चितवनको सौराहमा जारी बन्दसत्रमा नेतृत्वका लागि सहमतिको प्रयास भइरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी पक्षलाई समेत भाग छुट्याएका छन् ।

    बन्दसत्र चलिरहेकै बेला पूर्व माओवादी नेताहरूले अध्यक्ष ओलीलाई भेटेर आफ्नो भाग मागेका छन् । पूर्व माओवादी पक्षले ३ पदाधिकारी दिनुपर्ने माग राखेको छ ।

    तर जवाफमा ओलीले २ जना पदाधिकारी र २ नेतालाई स्थायी कमिटीमा राख्ने वचन दिएका छन् । स्रोतका अनुसार अध्यक्ष ओलीले रामबहादुर थापा ‘बादल’लाई उपाध्यक्ष, टोपबहादुर रायमाझीलाई सचिव बनाउने भएका स्रोतको दाबी छ ।

    ओलीले पूर्व माओवादी पक्षबाट ४० जनालाई केन्द्रीय सदस्य समेत बनाउने भएका छन् ।

    एमालेमा पूर्व माओवादीबाट उपाध्यक्षमा बादल, उपमहासचिवमा टोपबहादुर रायमाझी र सचिवमा लेखराज भट्टले दाबी गरिरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend