काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जारी महाधिवेशनअन्तर्गत भइरहेको बन्दसत्रले सर्वसम्मत रूपमा पदाधिकारी र सदस्यहरू चयन गर्ने सम्पूर्ण अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ ।
ओलीले पदाधिकारी र सदस्य छान्ने अधिकार पाएपछि अब सबै पदाधिकारी ओलीको खल्तीबाटै निस्किने भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विष्णु पौडेलको प्रस्तावलाई ताली बजाएर बन्दसत्रले अनुमोदन गरेको जानकारी दिए ।
यसअघि बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले सहमतिमै नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका थिए । ओलीले अधिकार पाएपछि अब ओलीको कृपा हुने व्यक्तिले मात्रै पद पाउने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।