काठमाडौं – नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा चुनावी तालमेल सुरु भएको छ ।
महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङबीच टक्कर हुने भएको छ ।
यसअघि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका घनश्याम भुसालले नेम्वाङलाई समर्थन गर्दै उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । वरिष्ठमा भुसालले नेम्वाङलाई समर्थन गरेर ईश्वर पोखरेललाई चुनाव हराउने सहमति भएको स्रोतले जनाएको छ ।
भुसालले वरिष्ठ उपाध्यक्षमै उम्मेदवारी दिने तयारी गरेका बेला नेम्वाङले छलफलका लागि बोलाएका थिए । छलफलमा नेम्वाङले दुवै लड्दा ईश्वर जित्ने भएकाले अरु पदमा लड्न भुसाललाई आग्रह गरेका थिए । नेम्वाङको आग्रहलाई स्वीकार्दै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
वरिष्ठका आकांक्षी नेम्वाङले भुसाललाई भनेका थिए, ‘तपाईं र म वरिष्ठ उपाध्यक्षमा चुनाव लड्दा ईश्वर पोखरेललाई फाइदा हुन्छ । हामी दुबै जना चुनाव हार्छौं ।’ यस्तो सुनेपछि भुसालले नेम्वाङलाई समर्थन गरेर चुनावी मैदानमा जाने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।