काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार विभिन्न जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका अधिकांश जिल्लामा आज अधिवेशन हुन लागेको हो ।
काठमाडौंमा बहालवाला जिल्ला सभापति कृष्ण सबुज बानियाँ र उपेन्द्र कार्कीबीच यसपटक पनि प्रतिस्पर्धा हुने भएको छ ।
बानियाँले शनिबार नेताहरू प्रकाशमान सिंह र गगनकुमार थापाको उपस्थितिमा उम्मेदवारी घोषणा गरेका छन् । १३औं महाधिवशेनमा पनि बानियाँ र कार्कीबीच नै सभापतिमा प्रतिस्पर्धा भएको थियो । संस्थापन पक्षका कार्कीलाई पराजित गरी प्रकाशमान सिंह निकट बानियाँ विजयी भएका थिए ।
ललितपुरमा भने जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । जिल्ला सभापतिका लागि मिनकृष्ण महर्जन, जितेन्द्र श्रेष्ठ र रामकृष्ण चित्रकारबीच प्रतिस्पर्धा भइरहेको छ । तीनजना उम्मेदवार उत्तिकै सशक्त रहेकाले पहिलो राउन्डमै नतिजा नआउने र दोस्रो चरणमा चुनावमार्फत परिणाम आउने कांग्रेस नेताहरू बताउँछन् ।
भक्तपुरमा वर्तमान सभापति दुर्लभ थापा र अष्टमान कवेबीच प्रतिस्पर्धा भइरहेको छ । १३औं महाधिवेशनमा पनि थापा र कवेबीच प्रतिस्पर्धा भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।