आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सबैलाई भागबण्डा पुर्‍याउन मध्यराति एमालेको यस्तो निर्णय !

सबैलाई भागबण्डा पुर्‍याउन मध्यराति एमालेको यस्तो निर्णय !

  • मिडिया डबली
  • शनिवार, मंसिर ११ २०७८

  • 4.9K
    SHARES

  • सबैलाई भागबण्डा पुर्‍याउन मध्यराति एमालेको यस्तो निर्णय !

    काठमाडौं – नेकपा एमालेले १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन गरेर नेतृत्व चयनमा देखिएको जटिलता हल गर्न पदाधिकारीको संख्या बढाएर १९ जना पुर्‍याउने प्रस्ताव महाधिवेशनमा पेश गर्ने निर्णय गरेको छ ।

    शुक्रबार मध्यराति सकिएको एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारीको संख्या थप गर्ने, केन्द्रीय सदस्यको संख्या २२५ बाट ३०१ पुर्‍याउने तथा पोलिटब्यूरो गठन गर्ने प्रस्ताव पारित भएको छ । 

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीको संख्या बढाउने प्रस्ताव केन्द्रीय कमिटीमा पेश गरेपछि सर्वसम्मतिले पारित भएको जनाइएको छ ।

    शनिबार सुरू हुने महाधिवेशनको बन्दसत्रमा पदाधिकारी थप्ने प्रस्ताव पेश गरिने भएको छ । विधान संशोधनका लागि महासचिव ईश्वर पोखरेलले राखेको प्रस्ताव केन्द्रीय कमिटी बैठकबाट पारित गरिएको छ । अब एमालेको बन्दसत्रले पारित गरेपछि पदाधिकारी थप्ने प्रस्ताव लागू हुने भएको छ । 

    पार्टी नेतृत्व चयनमा देखिएको जटिलता हल गर्न एमालेले पदाधिकारीको संख्या बढाएर १९ पुर्‍याउन प्रस्ताव गरेको छ । अब एमालेमा अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ७ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ७ सचिव रहने भएका छन् । यसअघि १ वरिष्ठ उपाध्यक्षसहित ४ उपाध्यक्ष रहने व्यवस्था रहेकोमा संख्या बढाएर ७ पुर्‍याउने तयारी भएको छ ।

    उपमहासचिवको संख्या ३ पुर्‍याउन समेत प्रस्ताव गरिएको छ । यसअघि २ उपमहासचिव रहने व्यवस्था भएकोमा असोजमा सम्पन्न विधान महाधिवेशनले उपमहासचिवको संख्या १ जनामा सीमित गरेको थियो । विधान महाधिवेशनले गरेको व्यवस्था विपरीत एमालेमा पोलिटब्युरो बनाउने प्रस्ताव गरिएको हो । 

    पार्टीमा ९९ सदस्यीय पोलिटब्युरो बनाउने तथा केन्द्रीय सदस्यको संख्या २२५ बाट बढाएर ३०१ बनाउन समेत प्रस्ताव भएको छ । .

    एमालेको ४५ सदस्यीय स्थायी कमिटी बनाउन प्रस्ताव भएको छ । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले दशौं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन र सबैलाई समेट्न पदाधिकारीको संख्या थप गर्नुपरेको जानकारी दिए ।

    अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका उपाध्यक्ष भीम रावलले पदाधिकारीको संख्या थप गर्ने प्रस्तावमा कुनै प्रतिक्रिया जनाएनन् । यसअघि शुक्रबार राति सौराहामा पत्रकारहरुसँग कुरा गर्दै रावलले अध्यक्ष पदमै उम्मेदवारी दिने बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend