काठमाडौं – पार्टीको १०औं महाधिवेशनका लागि देशभरबाट धेरै कार्यकर्ता भेला गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आपत परेको छ ।
धेरै कार्यकर्ताको भीडका कारण अध्यक्ष ओली उद्घाटनस्थलबाट होटल फर्कने क्रममा ट्राफिक जाममा फसेका छन् ।
राष्ट्रिय महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारबाट होटल फर्कने क्रममा ओली टिकौलीमा जाममा परेका हुन् ।
अध्यक्ष ओली चढेको गाडी जाममा फसेपछि जाम खुलाउन धौंधौं परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी निरीक्षक भगवानराज थापाले बताएका छन् ।
आज शुक्रवार दिनभरजसो जाम भएपछि कतिपय एमाले कार्यकर्ताहरु हिँडेर महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनार पुगेका हुन् । टिकौली जंगल नारायणी नदी किनारबाट करीब ४ किलोमिटर पूर्वतर्फ रहेको छ ।
महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका एमाले नेता कार्यकर्ताहरू एकैसाथ उद्घाटनस्थलबाट बाहिरिएका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।