काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा चितवन जाने भएका छन् ।
कांग्रेसका सभापति समेत रहेका देउवा शुक्रवार चितवन गएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) असमान तामाङले प्रधानमन्त्री देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आउने कार्यक्रम रहेको बताए । देउवा हेलिकप्टरबाट चितवन जाने कार्यक्रम रहेको छ ।
चितवनको नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर देउवा दिउँसो १ः१५ बजे काठमाडौं फर्किनेछन् ।
सीडीओ तामाङका अनुसार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जसपा लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुर वा राजेन्द्र महतो कार्यक्रममा आउने तय भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले महाधिवेशनमा आउने/नआउने यकिन भएको छैन भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमालेले निम्तो नै दिएको छैन ।
एमाले महाधिवेशन मंसिर १०–१२ गतेसम्म चितवनमा हुने भएको छ । महाधिवेशनको उद्घाटन सत्रमा ५ लाख नेता–कार्यकर्ता सहभागी हुने एमालेको दाबी रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।