काठमाडौं – पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको संघारमा रहेको नेकपा एमालेमा तीब्र असन्तुष्टि प्रकट भइरहेको छ ।
महाधिवेशन प्रतिनिधि छनोटमा नेता रघुवीर महासेठले दादागिरी गरेको आरोप लगाउँदै कार्यकर्ताले शनिबार जनकपुरधाममा सडक प्रदर्श नै गरे ।
जनकपुरमा मात्रै नभई रुपन्देही जिल्लामा समेत असन्तुष्टि देखिएको छ । एमालेको महाधिवेशन प्रतिनिधि छनोट हुन नपाएपछि एमाले नेता एवं पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव ‘गुल्जारी’ले पार्टीबाट राजीनामा घोषणा गरेका छन् ।
यादवले प्रदेश कमिटी सदस्य र रुपन्देहीको ४ नम्बर निर्वाचन क्षेत्रको सहइन्चार्ज पदबाट राजीनामा दिएका छन् । आज शनिवार मर्चवारमा पत्रकार सम्मेलन गर्दै नेता यादवले जिल्ला अध्यक्ष शिवराज सुवेदीले व्यक्तिगत रिसइबीका कारण महाधिवेशन प्रतिनिधि हुन रोकेकाले राजीनामा दिएको बताएका छन् ।
जिल्लामा महाधिवेशन प्रतिनिधि छनोटका बेला भएका गतिविधिको छानबिन र समीक्षा गर्न पनि नेता यादवले नेतृत्वसमक्ष माग गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाउन प्रयास गरिरहेका बेला नेता यादवले दिएको राजीनामाले उनलाई झड्का लागेको छ । यादव प्रभावशाली नेता भएकाले चुनावमा एमालेको भोट घट्ने विश्लेषण रुपन्देहीमा भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।