काठमाडौं – नेकपा एमालेभित्र असन्तुष्टि चर्किएपछि माधवकुमार नेपाल पक्ष पार्टी फुटाएर बाहिरिसक्दा समेत विवाद सकिएको छैन ।
१०औं महाधिवेशनको तयारीमा लागेको एमालेमा नेताविरुद्ध कार्यकर्ता सडकमै उत्रिएका छन् ।
नेकपा एमालेका स्थायी समिति सदस्य रघुवीर महासेठले मनपरी गर्दै महाधिवेशन प्रतिनिधि छनोट गरेको आरोप लगाउँदै असन्तुष्ट पक्षले जनकपुरधाममा प्रदर्शन गरेको छ ।
आज शनिवार एमालेको असन्तुष्ट पक्षले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक किशोरी साहको अगुवाईमा नाराबाजी गरेको छ । महाधिवेशन प्रतिनिधि छनोटमा महासेठले गुटबन्दी गरेको आरोप एमालेको असन्तुष्ट पक्षले लगाएको छ ।
नेताविरुद्ध एमाले कार्यकर्ताले सडकमै नाराबाजी गरेपछि पार्टीभित्रको विवाद सडकमा छताछुल्ल भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।