आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेकै बाटोमा हिँड्यो माओवादी ! प्रचण्डको यस्तो निर्देशन

एमालेकै बाटोमा हिँड्यो माओवादी ! प्रचण्डको यस्तो निर्देशन

  • मिडिया डबली
  • शुक्रवार, मंसिर ३ २०७८

  • 4.0K
    SHARES

  • एमालेकै बाटोमा हिँड्यो माओवादी ! प्रचण्डको यस्तो निर्देशन

    काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्र नेकपा एमालेकै बाटोमा हिँडेको छ ।

    एमालेले सहमतिमै स्थानीय स्तरका अधिवेशन गरिसकेको बेला माओवादीले समेत सहमतिमै वडा अधिवेशनबाट नेतृत्व चयन गर्न निर्देशन दिएको छ ।

    यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिको निर्देशन दिएका थिए भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत सहमतिकै बाटोमा हिँडेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका अधिवेशनमा भने प्रायः निर्वाचन नै भइरहेको छ ।

    माओवादीले भोलि शनिवार देशैभर वडा सम्मेलन गर्दैछ । वडा सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय प्रवक्ता कृष्णबहादुर महराले बताएका छन् ।

    माओवादी पार्टीलाई नयाँ शिराबाट निर्माण गर्न वडा सम्मेलन कोशेढुंगा सावित हुने माओवादीको दाबी छ । माओवादीले सम्मेलनका लागि ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौं’ नारा बनाएको छ ।

    माओवादीले सकेसम्म सहमतिमा वडा समिति चयन गर्न निर्देशन दिएको छ । सहमति नभई निर्वाचन नै हुने अवस्था आए पनि मर्यादित हुन पार्टीपंक्तिलाई माओवादीले निर्देशन दिएको छ ।

    माओवादीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकतावद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्नसक्ने नयाँ एवं रूपान्तरित पार्टी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दछ ।’

    माओवादी केन्द्रले मंसिर ११ गते सबै पालिका र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयन गर्दैछ । पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने माओवादीको कार्यतालिका रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend