आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

ईश्वर पोखरेललाई बादलपछिको वरीयतामा थन्क्याउने ओलीको तयारी

ईश्वर पोखरेललाई बादलपछिको वरीयतामा थन्क्याउने ओलीको तयारी

  • मिडिया डबली
  • शुक्रवार, मंसिर ३ २०७८

  • 6.6K
    SHARES

  • ईश्वर पोखरेललाई बादलपछिको वरीयतामा थन्क्याउने ओलीको तयारी

    काठमाडौं - यतिबेला एमाले १०औं महाधिवेशनको पूर्वसन्ध्यामा छ । अहिलेसम्म ६८ जिल्लामा महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् ।

    सबै जिल्लामा सर्वसम्मतका नाममा अध्यक्ष केपी ओलीले खल्तीबाट निकालेका नाम परेका छन् । तर, महाधिवेशनमा ओलीको लिस्टमा आफू नपरिने हो कि भन्ने त्रासका कारण एमालेमा कोही पनि चुइँक्क बोल्न सकेका छैनन् ।

    बाहिर बोल्न नसके पनि भित्रभित्र भने ओलीको आशीर्वाद पाउन अहिले बालकोटमा एमालेका प्रभावशाली नेताहरूको लाइन नै लागेको छ । ओलीले आफ्ना पार्टीका नेताभन्दा पनि माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र प्रभु साहलाई धेरै प्राथमिकता दिएपछि उनी पक्षका नेताहरू मुर्मुरिएका छन् ।

    स्रोतका अनुसार सबैभन्दा सकसमा वर्तमान महासचिव ईश्वर पोखरेल परेका छन् । ओली प्रधानमन्त्री हुँदा पनि पोखरेलकै हुर्मत लिइएको थियो । उपप्रधानमन्त्री र रक्षामन्त्री बनाएका ओलीले पछिल्लो समय उनलाई विनाविभागीय मन्त्री बनाएका थिए ।

    कोभिड उच्चस्तरीय संयन्त्रको संयोजक र रक्षामन्त्री दुवै खोसेपछि पनि पोखरेल चुपचाप बसे । हुँदा हुँदा अहिले ओलीले पोखरेलभन्दा बादललाई धेरै महत्व दिएका छन् ।

    स्रोतका अनुसार ओलीले पार्टीको १०औं महाधिवेशनमा बादललाई वरिष्ठ उपाध्यक्ष बनाएर पोखरेललाई पाँचमध्येको एक उपाध्यक्षमा थन्क्याउने भित्री तयारी गरेका छन् ।

    जबकि वरिष्ठ उपाध्यक्षमा पोखरेलसहित सुवासचन्द्र नेम्वाङले पनि चाहना राखेका छन् । तर, बादलले आफूलाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्ने अडान राखेका छन् ।

    ओलीले माधव नेपालको साथ छाडेर आएकामध्ये युवराज ज्ञवालीलाई अनुशासन आयोगको अध्यक्ष, योगेश भट्टराई र गोकर्ण विष्टलाई सचिवमा राख्ने भएका छन् ।

    भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त, भीम आचार्यलगायतको भने बिजोग हुने भएको छ । सुरेन्द्र पाण्डेलाई उपाध्यक्ष बनाउन सकिने विषयमा ओली गुटमा छलफल चलेको बुझिएको छ । ओलीले आफ्नो गुटका पृथ्वीसुब्बा गुरुङ, खगराज अधिकारीलाई उपमहासचिव बनाउने बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०१:५०:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend