काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शुक्रबार प्रदेशसभा क्षेत्रीय अधिवेशन हुँदैछन् ।
अधिवेशन अन्तर्गत खोटाङ जिल्लामा क्षेत्रीय कार्यसमितिको अधिवेशनमा ४ वटा प्यानल चुनावी भिडन्तमा उत्रिएका छन् ।
आज शुक्रवार भइरहेका क्षेत्रीय कार्यसमितिको अधिवेशनका लागि चुनावी दौडमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र नेताहरु गगन थापानिकट ४ प्यानल छुट्टाछुट्टै मैदानमा उत्रिएका छन् ।
आसन्न जिल्ला अधिवेशनमा जिल्ला सभापति पदमा पूर्व राज्यमन्त्री सर्वधन राई, पूर्व सभापति विष्णुकुमार राई, महासमिति सदस्य रवीप्रकाश राई र महाधिवेशन प्रतिनिधि भूपेन्द्र राईबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
जिल्ला सभापतिको दौडमा रहेका पूर्व राज्यमन्त्री सर्वधन र महासमिति सदस्य रवीप्रकाश सभापति देउवासँग निकट मानिन्छन् । पूर्व सभापति विष्णुकुमार पौडेल र महाधिवेशन प्रतिनिधि भूपेन्द्र सिटौला–गगन थापा निकट रहेका छन् ।
सर्वधनको टीमले खोटाङ प्रदेशसभा (१) क्षेत्रीय कार्यसमितिमा भक्तजङ राईलाई सभापति पदमा उम्मेदवार बनाएको छ । उपसभापतिमा दिलिपराजा गिरी र उद्धव राई, सचिवमा सुमन आचार्य र राजकुमार राई, सहसचिवमा मनकुमार तामाङ र मकर राईलाई उम्मेदवार रहेका छन् ।
कोइराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलको टीमबाट प्रदेशसभा (१) क्षेत्रीय कार्यसमितिको सभापति पदमा राजेन्द्र राई, उपसभापतिमा बालकुमार राई र मित्रलाल पुरी, सचिवमा राजन भट्टराई र ज्ञानेन्द्र राई, सहसचिवमा पृथ्वीनारायण आचार्य र भुपेन्द्र खनाल उम्मेदवार रहेका छन् ।
जिल्ला सभापति पदका अर्का आकांक्षी विष्णुकुमारको टीमबाट प्रदेशसभा (२) क्षेत्रीय कार्यसमितिको सभापति पदमा दिनेश घिमिरे, उपसभापतिमा महेन्द्र राई र रमाहाङ राई, सचिव पदमा समराज राई र प्रविण राई, सहसचिवमा कमल प्रधान र राजकुमार बस्नेत उम्मेदवार बनेका छन् ।
भुपेन्द्रको प्यानलबाट प्रदेशसभा (२) क्षेत्रीय कार्यसमितिको सभापतिमा चण्डिकुमार राई, उपसभापतिमा हरिबहादुर खड्का र रामचन्द्र केसी, सचिवमा बलराम राई र मोहन कटवाल, सहसचिवमा मणिराज खत्री र शिव राई उम्मेदवार रहेका छन् ।
जिल्ला सभापति पदमा पौडेल र कोइरालाको एलायन्स बनेको छ । यो एलायन्सले मात्र दुवै क्षेत्रमा उम्मेदवार बनाएको छ । सर्वधनले प्रदेशसभा (२) क्षेत्रीय कार्यसमितिमा आफ्नो छुट्टै टीम बनाएका छैनन् । भुपेन्द्रले प्रदेशसभा (१) क्षेत्रीय कार्यसमितिमा प्यानल लडाएका छैनन् ।
प्रदेशसभा (२) क्षेत्रीय कार्यसमितिमा देउवा, पौडेल र कोइरालाको सहकार्य भएको र भुपेन्द्रको प्यानल एक्लैले अन्य प्यानलसँग भिड्नुपर्ने भएको छ ।
क्षेत्रीय कार्यसमितिको अधिवेशनले ७ पदाधिकारी र १६ प्रदेश अधिवेशन प्रतिनिधि चयन गर्ने जनाइएको छ । क्षेत्रीय अधिवेशनमा वडाबाट निर्वाचित ७/७ सय क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने कांग्रेसले जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।