आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीमाथि अर्काे संकट आउँदै, देउवा, प्रचण्ड र नेपालले गरे यस्तो सहमति

केपी ओलीमाथि अर्काे संकट आउँदै, देउवा, प्रचण्ड र नेपालले गरे यस्तो सहमति

  • मिडिया डबली
  • बिहिवार, कार्तिक २५ २०७८

  • 5.0K
    SHARES

  • केपी ओलीमाथि अर्काे संकट आउँदै, देउवा, प्रचण्ड र नेपालले गरे यस्तो सहमति

    काठमाडौं – दम्भ, घमण्ड र अहंकारका कारण नेपाली राजनीतिमा एक्लो पर्दै गएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि अर्काे संकट आउँदैछ । पार्टीभित्रै मिलाउन नसक्दा संघ र प्रदेशका सरकारबाट बाहिरिनुपरेको ओली नेतृत्वको एमाले अब अन्य ठाउँबाट समेत बाहिरिने देखिएको छ ।

    नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सत्तारुढ गठबन्धनले आगामी चुनावसम्मै मिलेर जाने सहमति गरेपछि ओली र एमालेमाथि संकट निम्तिएको हो ।

    गठबन्धनलाई चुनावसम्मै कायम राख्न र देउवा सरकारलाई सघाउन उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाइएको छ भने माघमा हुने राष्ट्रियसभा सदस्य चुनाव र अरु उपनिर्वाचनमा मिलेर जाने सहमति समेत भएको छ ।

    प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबीच भएको सहमति लागू भएमा अधिकांश निर्वाचनमा गठबन्धन विजयी हुनेछ भने एमाले पछारिने देखिन्छ । राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले चुनावी तालमेल भएमा सबै ठाउँमा सत्तारुढ गठबन्धन विजयी हुने स्पष्ट देखिन्छ ।

    २०७४ सालमा भएको राष्ट्रियसभा निर्वचनमा विजयी भएर चिट्ठाबाट ४ वर्षे कार्यकाल परेकाहरुको स्थान रिक्त भएर माघमा चुनाव हुँदैछ ।

    २०७८ फागुन २० गतेसम्म कार्यकाल रहेका एमालेका ८, नेकपा माओवादी केन्द्रका ४, एकीकृत समाजवादीका ४ र कांग्रेसका ३ सांसदको रिक्त हुने स्थान पदपूर्तिका लागि निर्वाचन आयोगले तयारी गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनित माओवादी केन्द्रका रामनारायण बिडारीको कार्यकाल समेत सकिँदैछ ।

    राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश सांसद र पालिकाका प्रमुख/उपप्रमुखले मतदान गर्न पाउने प्रावधान छ । एक प्रदेश सांसदको मतभार ४८ हुन्छ भने पालिका प्रमुख र उपप्रमुखको मतभार १८/१८ हुने गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend