काठमाडौं – नेकपा एमालेमा चर्किएको विवादको असर अझै पनि देख्न पाइँदैछ । पार्टी फुटाएर अध्यक्ष बनेका माधवकुमार नेपालले जिल्ला–जिल्लामा पुगेर कार्यकर्तालाई पार्टी प्रवेश गराइरहेका बेला डोल्पामा एमालेभित्र अर्काे विद्रोह भएको छ ।
डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा एमालेबाट चुनाव जितेका पालिका अध्यक्षसहित २ दर्जन युवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङसहित २ दर्जन युवालाई माओवादी प्रवेश गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष गुरुङसहित १ नम्बर वडाका अध्यक्ष क्याल्पो भोटे थापा, २ नम्बर वडाका अध्यक्ष छोइक्याप भोटे, ३ नम्बर वडाका अध्यक्ष पाल्जाङ लामा र ६ नम्बर वडाका कार्यबाहक अध्यक्ष पेम्मा आङछुक गुरुङ माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
नेपाली सेनाको हेलिकप्टरबाट प्रचण्डका साथमा अर्थमन्त्री जनार्दन शर्मा, पूर्वमन्त्री शक्तिबहादुर बस्नेत, सत्या पहाडी लगायत नेताहरूले उपल्लो डोल्पा पुगेर एमालेका जनप्रतिनिधिलाई पार्टी प्रवेश गराएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।