आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ईश्वर पोखरेल काण्डमा झडप हुने देखेपछि सीडीओले लगाए कर्फ्यू, सुरक्षा व्यवस्था कडा 

ईश्वर पोखरेल काण्डमा झडप हुने देखेपछि सीडीओले लगाए कर्फ्यू, सुरक्षा व्यवस्था कडा 

  • मिडिया डबली
  • बुधवार, कार्तिक २४ २०७८

  • 4.5K
    SHARES

  • ईश्वर पोखरेल काण्डमा झडप हुने देखेपछि सीडीओले लगाए कर्फ्यू, सुरक्षा व्यवस्था कडा 

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेल सहभागी हुने कार्यक्रमका विषयमा विवाद भएर झडप हुने स्थिति देखेपछि सिन्धुली सदरमुकाममा प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले कर्फ्यू (निषेधाज्ञा) आदेश जारी गरेका छन् ।

    जिल्ला प्रशासन कार्यालय सिन्धुलीले स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रभित्र बुधवार बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।

    एमाले महासचिव पोखरेललाई प्रमुख अतिथि बनाएको विरोधमा सत्तारुढ गठबन्धनका नेता कार्यकर्ता आक्रोशित बनेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

    सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उद्घाटन तथा बीपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गर्ने कार्यक्रममा कमलामाई नगरपालिकाले प्रमुख अतिथि पोखरेललाई बनाएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि बनाउन पोखरेललाई सिन्धुली बोलाइएपछि एमाले र सत्ता गठबन्धनका नेता कार्यकर्ताबीच झडपको अवस्था बनेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०१:५०:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend