आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माओवादीबाट छिरेका बालकृष्ण ढुंगेलले यसरी दिए पुराना एमालेलाई टक्कर ! तनाव बढ्यो

माओवादीबाट छिरेका बालकृष्ण ढुंगेलले यसरी दिए पुराना एमालेलाई टक्कर ! तनाव बढ्यो

  • मिडिया डबली
  • बुधवार, कार्तिक २४ २०७८

  • 9.1K
    SHARES

  • माओवादीबाट छिरेका बालकृष्ण ढुंगेलले यसरी दिए पुराना एमालेलाई टक्कर ! तनाव बढ्यो

    काठमाडौं – नेकपा माओवादी केन्द्रबाट हालसालै नेकपा एमालेमा प्रवेश गरेका लडाकु नेता बालकृष्ण ढुंगेलले पुराना एमालेलाई टक्कर दिन थालेका छन् ।

    नेकपा एमालेको १०औं महाधिवेशनका लागि प्रतिनिधि छनोटका क्रममा ओखलढुंगाका पुराना एमालेलाई ढुंगेलले टक्कर दिएका हुन् ।

    केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको संरक्षण पाएका ढुंगेलले ओखलढुंगा जिल्लामा छुट्टै गुट खडा गरेर राजनीतिलाई बलियो बनाएका छन् । ओली लगायत केन्द्रीय नेतृत्वले सहमतिमै महाधिवेशन प्रतिनिधि छान्न निर्देशन दिएपनि मंगलवार भएको एमाले जिल्ला सचिवालय बैठकमा सहभागी अधिकांश सदस्यहरुले निर्वाचनबाटै प्रतिनिधि छनोट गर्न दबाब दिएपछि तनाव बढेको हो ।

    ओखलढुंगा एमालेभित्र २ गुटको टक्कर देखिएको छ । नेता बालकृष्ण ढुंगेलको नेतृत्वमा अम्बीर गुरुङ, नानीबाबु बुढाथोकी, उत्तम राई, तीर्थ सुवेदी, केदारबाबु बस्नेत, शकुन्तला राजभण्डारी लगायतको गुट र यज्ञराज सुनुवारको नेतृत्वमा किशोर अधिकारी, हर्कबोल राई, सीताराम गुरुङ, मणिराज राई लगायतको गुटबीच स्पष्ट टक्कर देखिएको छ । यी दुबै गुटले महाधिवेशनमा आफू पक्षबाट बढी प्रतिनिधि पठाउने प्रयास गरिरहेका छन् ।

    माओवादी केन्द्रबाट एमालेमा आएका बालकृष्ण ढुंगेलको समूह अम्बीर गुरुङसँग मिलेपछि एमालेमा २ गुट खडा भएका छन् । ढुंगेल समूह महाधिवेशन प्रतिनिधि २ जना पाउनुपर्ने अडानमा रहेको छ । ढुंगेलले सुरेश थापा र तारा कार्कीलाई महाधिवेशन प्रतिनिधि बनाउन चाहेको स्रोतले जनाएको छ ।

    प्रदेश सांसद समेत रहेका नेता गुरुङसँग संगठित सदस्यता र प्रतिनिधि छनोटको विषयमा अध्यक्ष मोहन श्रेष्ठको भनाभन नै भएको एमाले स्रोतले जनाएको छ ।

    ओखलढुंगाबाट समावेशी समेत बढीमा ८ जना महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । जसका लागि कात्तिक २७ गतेको मिति तोकिएको छ । एमालेको १०औं महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुने तय भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend