आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले अध्यक्षमा केपी ओलीविरुद्ध भीम रावल भिड्ने, गृहजिल्लाबाट यस्तो घोषणा

एमाले अध्यक्षमा केपी ओलीविरुद्ध भीम रावल भिड्ने, गृहजिल्लाबाट यस्तो घोषणा

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २३ २०७८

  • 4.7K
    SHARES

  • एमाले अध्यक्षमा केपी ओलीविरुद्ध भीम रावल भिड्ने, गृहजिल्लाबाट यस्तो घोषणा

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीविरुद्ध उपाध्यक्ष भीम रावल भिड्ने भएका छन् ।

    गृहजिल्ला अछाममा साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले आगामी मंसिरमा हुने पार्टीको दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे ।

    एमालेका आम कार्यकर्ताको भावनाअनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारीमा जुटेको उपाध्यक्ष रावलले बताएका छन् ।

    उपाध्यक्ष रावलले कार्यकर्ताको भावनालाई कदर गर्दै दशौं महाधिवेशनमा अध्यक्षमा उठ्ने घोषणा गरेका छन् ।

    उपाध्यक्ष रावलले पार्टीभित्र १० बुँदे सहमति कार्यान्वयनको माग गर्दै आए पनि सुनुवाइ भइरहेको छैन । पार्टीमा भएको सहमतिअनुसार जेठ २ गतेअघिको अवस्थामा सुदूरपश्चिम प्रदेश इन्चार्ज उपाध्यक्ष भीम रावल हुनुपर्नेमा अध्यक्ष ओलीले लेखराज भट्टलाई इन्चार्ज बनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend