आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

यस्तो सहमति : कांग्रेस नेता रामचन्द्र पौडेललाई ठूलो जिम्मेवारी ! अब देउवालाई सघाउने

यस्तो सहमति : कांग्रेस नेता रामचन्द्र पौडेललाई ठूलो जिम्मेवारी ! अब देउवालाई सघाउने

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २३ २०७८

  • 6.5K
    SHARES

  • यस्तो सहमति : कांग्रेस नेता रामचन्द्र पौडेललाई ठूलो जिम्मेवारी ! अब देउवालाई सघाउने

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारका काम कारबाही प्रभावकारी बनाउने र सत्ता गठबन्धन दरिलो बनाउने उद्देश्यसहित ५ दल आवद्ध सत्ता गठबन्धनले उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गरेको छ ।

    सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धन आवद्ध ५ दलको बैठकले ११ सदस्यीय राजनीतिक समन्वय समिति गठन गरेको छ ।

    समितिमा गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट सदस्य रहेका छन् ।

    समितिको पहिलो बैठकको नेतृत्व र पहिलो संयोजकको भूमिका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पाएका छन् भने समितिको नेतृत्व २/२ महिनामा आलोपालो प्रणालीबाट फेरबदल गर्ने सहमति भएको छ ।

    समितिमा कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला सदस्य बनेका छन् । माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीबाट माधवकुमार नेपाल, जसपाबाट उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहने गरी तोकिएका छन् ।

    माओवादी केन्द्र, नेकपा एस र जसपाबाट अन्य १/१ जना सदस्यको नाम टुंगो लगाउन बाँकी रहेको छ ।

    समन्वय समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा सदस्य रहने छैनन् । उनी समितिको बैठकमा सहभागी हुन पाउने छन् । समितिमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत सदस्य तोकिएका छन् ।

    समितिका संयोजक कांग्रेस वरिष्ठ नेता पौडेलले ५ दलीय सत्ता गठबन्धनमा एकता काम गर्ने र आगामी निर्वाचनसम्म गठबन्धनलाई सँगै अघि बढाउने गरी समिति बनाइएको जानकारी दिए ।

    पौडेलले राष्ट्रियता, लोकतन्त्र र प्रजातन्त्रलाई बलियो बनाउने गरी समन्वय समिति अघि बढ्ने बताएका छन् । ‘५ दलीय सत्ता गठबन्धनमा एकता काम गर्ने, आगामी निर्वाचनसम्म गठबन्धनलाई अघि बढाउने र राष्ट्रियता, लोकतन्त्र र प्रजातन्त्रलाई हामी कमजोर हुन नदिन समन्वय समिति बनाइएको हो, यसले सरकारको काममा पनि सहयोग गर्छ,’ समितिका संयोजक पौडेलले भने ।

    सरकारका तर्फबाट समितिको सदस्य तोकिएका मन्त्री कार्कीले आसन्न राष्ट्रिय सभाको निर्वाचन तथा प्रतिनिधिसभा र प्रदेश सभाको उपनिर्वाचनलाई ध्यानमा राखेर साथै सरकारका कामलाई प्रभावकारी बनाउन समिति बनाइएको बताए ।

    समन्वय समिति गठन गर्ने विषयमा सोमवार बिहानै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो । समितिमार्फत अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सहमति खोज्ने सत्ता आवद्ध गठबन्धनको तयारी रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend